प्रतिबन्ध छल्दै चीनले किनिरहेको छ इरानी तेल « Khabarhub

प्रतिबन्ध छल्दै चीनले किनिरहेको छ इरानी तेल


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले इरानबाट प्रतिबन्धित तेल खरिद गरिरहेको पाइएको छ । अमेरिकाको सीबीएस न्यूजले गरेको अनुसन्धानमा चीनले अमेरिकी प्रतिबन्धलाई छल्दै इरानबाट तेल किनिरहेको पाइएको छ ।

यो तेललाई चीनले समुद्रमा जहाजमार्फत ठाउँ ठाउँमा स्थानान्तरण गर्दै लुकाएर ल्याउने गरेको छ । यी जहाजहरूले आफ्नो पहिचान लुकाउन ट्रान्सपोन्डर बन्द गर्ने र जहाजको नाम र नम्बर छोप्ने गरेको पाइएको छ ।

सीबीएसका अनुसार अनुसन्धान टोलीले सिङ्गापुरबाट ८० नौटिकल माइल टाढा मलेशियाको तटनजिक चार वटा जहाजमा स्थानान्तरण भइरहेको देखेका थिए । यसरी तेल स्थानान्तरण गर्नेमा मे महिनामा प्रतिबन्ध लगाइएका स्टेलर ओरेकल र अल्प्स नामक जहाजहरू पनि रहेको जनाइएको छ ।

समाचारमा जनाइएअनुसार इरानले निर्यात गर्ने ८० देखि ९० प्रतिशत तेल चीन पुग्ने गरेको छ । चीनले इरानबाट सस्तो मूल्यमा तेल आयात गर्दै आएको छ । चीन निर्यात हुने तेलबाट आम्दानी भएको पैसा इरानले आफ्नो अर्थतन्त्रलाई चलायमान राख्न र आणविक कार्यक्रममा खर्च गर्दै आएको बताइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ८ : ३८ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले