भारतलाई धम्की दिने अमेरिका आफैँ रुससँग व्यापार गर्दै « Khabarhub

भारतलाई धम्की दिने अमेरिका आफैँ रुससँग व्यापार गर्दै


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले रुसबाट तेल खरिद गरिरहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार महशुल बढाउने धम्की दिइरहेका छन् । तर, अमेरिका आफैँले रुससँग गुपचुप व्यापार गरिरहेको पाइएको छ ।

फर्स्टपोस्टका अनुसार सन् २०२५ को जनवरीदेखि मे महिनासम्म अमेरिकाले रुसबाट गर्ने आयात २३ प्रतिशतले बढेको छ । यस अवधिमा अमेरिकाले रुससँग २ अर्ब १० करोड डलर बराबरको व्यापार गरेको पाइएको छ ।

अमेरिकाले रुससँग युरेनियम, मल र प्यालेडियमजस्ता वस्तुको व्यापार गर्छ । युक्रेनमा जारी युद्धका कारण अमेरिकाले रुसमाथि कडा प्रतिबन्ध लगाएपनि व्यापार भने वृद्धि भइरहेको देखिएको छ ।

भारतले अमेरिकाको यस्तो व्यवहारलाई दोहोरो मापदण्ड भन्दै चर्को आलोचना गरेको छ । भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘अमेरिका आफैं रुसबाट युरेनियम, प्यालेडियम, र मल आयात गरिरहेको छ, तर हाम्रो आलोचना गर्छ । हाम्रो तेल आयात आर्थिक आवश्यकतामा आधारित छ, राजनीतिक प्राथमिकतामा होइन ।’

युरोपेली युनियनले पनि रुससँग व्यापार गरिरहेको मन्त्रालयले उल्लेख गरेको छ । युरोपेली युनियनले रुसबाट १ करोड ६५ लाख टन प्राकृतिक तरल ग्यास (एलएनजी) को आयात गरेको मन्त्रालयले जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले रुसबाट ऊर्जा तथा अन्य वस्तु खरिद गरेको भन्दै भारतमाथि भन्सार महशुल वृद्धि गर्ने धम्की दिएपछि मन्त्रालयको यस्तो बयान आएको हो ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  २ : १५ बजे

संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले खोज्यो सरकारको जवाफ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने

मुस्ताङमा सातौँ पटक हिमपात

मुस्ताङ– मुस्ताङमा सातौँ पटक फेरि हिमपात भएको छ । आज

कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

बिर्तामोड– अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा आज आगलागी हुँदा

प्रधानमन्त्रीले राजदूतहरूसँग भने : विश्वमा जारी द्वन्द्व रोकिनुपर्छ, शान्ति हाम्रो साझा चासो हो

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा

एनसेलको अनलिमिटेड इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो, अब ६९९ मा नै पाइने 

काठमाडौं– एनसेलले कल र इन्टरनेट सेवाको शुल्क घटाउँदै अनलिमिटेड कम्बो प्याक