जातीय अगुवाद्वारा खैबर पख्तुनख्वामा पाकिस्तानी सेनाले सञ्चालन गरिरहेको कारवाहीको आलोचना « Khabarhub

जातीय अगुवाद्वारा खैबर पख्तुनख्वामा पाकिस्तानी सेनाले सञ्चालन गरिरहेको कारवाहीको आलोचना


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्थानीय जातीय अगुवाहरुले पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा सेनाले सञ्चालन गरिरहेको कारवाहीको आलोचना गरेका छन् । खैबर पख्तुनख्वा प्रान्तको बाजौर र मोहमन्द आदिवासी जिल्लाका जातीय अगुवाहरुले सैन्य कारवाहीको आलोचना गरेका हुन् ।

उनीहरुले आतंकवाद निर्मूल पार्न आफूहरुको पूर्ण सहयोग रहने पनि प्रष्ट पारेका छन् । यद्यपि सैन्य कारवाहीका कारण स्थानीय बासिन्दाहरु विस्थापित हुनु परेको गुनासो गरेका छन् ।

प्रान्तका मुख्यमन्त्री अली अमिन खान गान्दापुरको अध्यक्षतामा भएको प्रान्तको कानून र व्यवस्था सम्बन्धी बैठक (जिरगा) मा उनीहरुले यस्तो बताएका हुन् । जिरगामा सहभागीहरूले बाजौर र मोहमन्दको कानून र व्यवस्था अवस्थाबारे विस्तृत छलफल गरेका थिए ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार आफूहरुको चाहना शान्ति कायम होस् भन्ने रहेको र सरकारले यसको सुनिश्चितता गर्नुपर्ने उनीहरुको भनाइ थियो । आतंकवाद सबैको साझा शत्रु भएको भन्दै उनीहरूले यसको उन्मूलनका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । तर, सैन्य कारवाही वा जबरजस्ती विस्थापन स्वीकार्य नहुने उनीहरूको भनाइ थियो ।

सहभागीहरूले संघीय र प्रान्तीय सरकार, आदिवासी अगुवा र सबै प्रमुख सरोकारवालाहरूको प्रतिनिधित्व भएको व्यापक र सशक्त जिरगा गठन गर्न सुझाव दिएका थिए । यस जिरगाले छिमेकमा रहेको अफगान सरकार तथा जनतासँग संवाद गर्नुपर्ने र यसै पहलमार्फत् आतंकवादको दीर्घकालीन उन्मूलन सुनिश्चित हुनुपर्ने उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ३ : १२ बजे

संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले खोज्यो सरकारको जवाफ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने

मुस्ताङमा सातौँ पटक हिमपात

मुस्ताङ– मुस्ताङमा सातौँ पटक फेरि हिमपात भएको छ । आज

कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

बिर्तामोड– अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा आज आगलागी हुँदा

प्रधानमन्त्रीले राजदूतहरूसँग भने : विश्वमा जारी द्वन्द्व रोकिनुपर्छ, शान्ति हाम्रो साझा चासो हो

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा

एनसेलको अनलिमिटेड इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो, अब ६९९ मा नै पाइने 

काठमाडौं– एनसेलले कल र इन्टरनेट सेवाको शुल्क घटाउँदै अनलिमिटेड कम्बो प्याक