चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छ : अध्यक्ष डिसी « Khabarhub

चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छ : अध्यक्ष डिसी


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपालमा चलचित्र भवनको सङ्ख्या बढाउने तयारीका साथ काम भइरहेको बताएका छन्  । 

कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्स चलचित्र भवनको दोस्रो ‘अडिटोरियम’ सञ्चालनमा आएका अवसरमा आयोजना गरिएको कार्यक्रममा उहाँले चलचित्र भवनको सङ्ख्या बढेसँगै नेपाली चलचित्रको बजार बढ्ने बताए । 

उनले भने, ‘बोर्डको लक्ष्य चालु आर्थिक वर्षमै चलचित्र भवनको सङ्ख्या २०० पुर्‍याउने छ । यसका लागि हामीले बन्द भएका चलचित्र भवनलाई पुनः सञ्चालनमा ल्याउनलाई प्रोत्साहन गर्ने तथा नयाँ चलचित्र भवन सञ्चालन गर्न चाहनेलाई विशेष सुविधा दिने काम गरिरहेका छौँ । चलचित्र हेर्नुको आनन्द चलचित्र भवनमै हुन्छ, त्यसैले हामीले सङ्ख्या बढाउन प्रोत्साहन गरिरहेका छौँ ।’ अध्यक्ष डिसीले हाल देशभर १६८ चलचित्र भवन सञ्चालनमा रहेका जानकारी दिए । 

कीर्तिपुर सिनेप्लेक्सका सञ्चालक तथा नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले १०१ सिट क्षमताको दोस्रो ‘अडिटोरियम’ आजदेखि सञ्चालनमा आएको बताए । 

उनले भने, ‘चलचित्र भवनको सङ्ख्या थपिएसँगै यसले मनोरञ्जनसँगै रोजगारी पनि सिर्जना गरेको छ । यसले स्थानीय पर्यटन प्रवर्द्धनमा भूमिका खेल्नाका साथै चलचित्रको व्यापारमा पनि टेवा पुर्‍याउने छ । नेपालभरका चलचित्र भवन सञ्चालकको हितमा बोर्डले गर्ने गतिविधि बढाएर प्रोत्साहन गर्नु पर्दछ ।’

आजदेखि सञ्चालनमा आएको नयाँ ‘अडिटोरियम’ मा ‘बार्को प्रोजेक्टर’, ‘पल्सको ७.१ साउन्ड सिस्टम’, सुविधासम्पन्न सिट र ‘थ्रिडी’ प्रविधि जडान गरिएको अध्यक्ष महर्जनले जानकारी दिए ।  

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ३ : २५ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२