एमाले अध्यक्ष ओलीले टेरेनन् प्रधानमन्त्री ओलीको प्रतिबन्ध, फेसबुक र ह्वाट्स एप चलाएको चलायै « Khabarhub

एमाले अध्यक्ष ओलीले टेरेनन् प्रधानमन्त्री ओलीको प्रतिबन्ध, फेसबुक र ह्वाट्स एप चलाएको चलायै


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका अध्यक्ष ओलीबीच तादम्यता नमिलेको दृष्य देखिएको छ ।

प्रधानमन्त्री ओलीले सूचीकृत हुन नआएको भन्दै बन्द गरेका सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्ममध्ये फेसबुक र ह्वाट्स एप एमाले अध्यक्ष ओलीले प्रयोग गरिरहेका छन् ।

यहीकारण सरकारको नेतृत्वको गरेका ओली र एमालेको नेतृत्व गरेका उनै ओ‌लीबीच तादम्यता नमिलेको दृष्य देखिएको हो ।

प्रधानमन्त्री ओलीले बिहीबारमात्रै सूचीकृत हुन नआएका विभिन्न देशबाट चल्दै आएका २६ वटा सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरू बन्द गरेका थिए ।

जसमा ह्वाट्स एप र फेसबुक पनि परेका थिए । तर, शुक्रबार पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटनका लागि पुगेका अध्यक्ष ओलीले त्यही ह्वाट्स एप ग्रुप र फेसबुक प्रयोग गरेका छन् ।

अध्यक्ष ओली सम्मेलनमा सहभागी भएका तस्बिरहरू सञ्चारमाध्यमलाई उपलब्ध गराउन प्रधानमन्त्री ओलीको सचिवालयले ह्वाट्स एप प्रयोग गरेको छ ।

उता ओलीको सचिवालयले पीएम केपी शर्मा ओली सेक्रेटरियट र बालकोट फेसबुकमा पेजमा निरन्तर अपडेट गरि नै रहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ४ : ०८ बजे

सर्लाहीको हरिवनमा खानेपानीको पहुँच

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकास्थित भोक्टेनीमा घरघरमा  खानेपानीको धारा जडान भएपछि

हिमाली भेगको पीडा- पाँच हजार फिटको हिउँ नाघेर कसरी मत खसाल्ने ?

काठमाडौं – निर्वाचन आउन एक महिना बाँकी छ । निर्वाचन

मतदाताको गोपनीयता भङ्ग नगर्न आग्रह

झापा– जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक सञ्जालबाट

विदेशमा अलपत्र म्याग्दीका भुवन विकको तीन महिनापछि उद्धार

म्याग्दी– रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा गाउँपालिका–

अस्ट्रेलियामाथि पाकिस्तानको क्लिन स्वीपः अन्तिम खेलमा १११ रनको विशाल जित

काठमाडौं – पाकिस्तानले टी–२० शृङ्खलामा अस्ट्रेलियाविरुद्ध क्लिन स्वीप गरेको छ