१९ जना एमाले नेताका गृह जिल्लामा मात्रै दुई लाखभन्दा बढी संगठित सदस्य « Khabarhub

१९ जना एमाले नेताका गृह जिल्लामा मात्रै दुई लाखभन्दा बढी संगठित सदस्य


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का शीर्ष तहका १९ जना नेताहरूका गृह जिल्लामा मात्रै दुई लाखभन्दा बढी संगठित सदस्यहरू रहेका छन् ।

एमालेका कुल संगठित सदस्य छ लाख ६२ हजार ९६१ मध्ये १९ नेताका १५ जिल्लामा मात्रै दुई लाख चार हजार ६७६ संगठित सदस्य देखिएका हुन् । 

ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरू दोस्रो विधान महाधिवेशनमा पेश भएको सांगठिनक प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीदेखि सचिव लेखराज भट्टसम्मका १९ जना शीर्ष नेताहरूको गृह जिल्लाको हिसाब गर्दा यो तथ्य देखिएको हो । 

सांगठनिक प्रतिवेदनअनुसार पदाधिकारीमध्ये सबैभन्दा बढी सचिव रघुवीर महासेठको गृह जिल्ला धनुषामा संगठित सदस्य देखिन्छन् । धनुषामा ४९ हजार ६६६ जनाले एमालेको सदस्यता लिएका छन् । 

पदाधिकारी मध्ये उपमहासचिव पृथ्वी सुब्बा गुङको गृह जिल्ला लमजुङमा सबैभन्दा कम संगठित सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ । सञ्चारमन्त्री समेत रहेका गुङको जिल्ला लमजुङमामा पाँच हजार ४७३ सदस्य छन् । 

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको गृह जिल्ला झापामा १८ हजार ३३१ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको गृह जिल्ला काठमाडौंमा १४ हजार २३६ संगठित सदस्य रहेको प्रतिवेदनको तथ्यांकले देखाउँछ । काठमाडौं अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पनि गृह जिल्ला हो । 

एमालेमा सुरेन्द्र पाण्डे र रामबहादुर थापा ‘बादल’ पनि समान हैसियतका नेतामा पर्दछन् । उनीहरू दुवै एमालेका उपाध्यक्ष हुन् । दुवै उपाध्यक्षहरू चितवनबाट एमालेमा प्रतिनिधित्व गर्ने नेतामा पर्छन् । उपाध्यक्षद्वय पाण्डे र थापाको गृह जिल्ला चितवनमा १४ हजार ३५४ जनाले एमालेको सदस्यता लिएका छन् । 

यस्तै अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष विष्णु पौडेलको गृह जिल्ला रूपन्देहीमा १५ हजार २१४ जना संगठित सदस्य छन् । यो सचिव छविलाल विश्वकर्माको पनि गृह जिल्ला हो । अर्का उपाध्यक्ष गुरू बरालको गृह जिल्ला मोरङमा २३ हजार १६९ जना एमाले सदस्य छन् । 

दाङमा एमालेका १० हजार ८७१ जना संगठित सदस्य रहेको प्रतिवेदनले देखाउँछ । दाङ उपाध्यक्ष युवराज ज्ञवाली र महासचिव शंकर पोखरेलको गृह जिल्ला हो । 

उपमहासचिवहरू प्रदीप ज्ञवाली गुल्मी र विष्णु रिमाल नुवाकोटबाट एमालेमा प्रतिनिधित्व गर्ने शीर्षस्थ नेताहरूमा पर्दछन् । यहाँ क्रमशः १० हजार २८४ र सात हजार १२४ जनालाई एमालेले सदस्य बनाएको छ । गुल्मी एमाले सचिव गोकर्ण विष्टको पनि गृह जिल्ला हो । 

एमाले सचिव लेखराज भट्टको गृह जिल्ला कैलालीमा १३ हजार ३६४ र अर्का सचिव योगेश भट्टराईको गृह जिल्ला ताप्लेजुङमा सात हजार ८७ जना संगठित सदस्य रहेका सांगठनिक प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनअनुसार अर्का सचिव पद्मा अर्यालको गृह जिल्ला स्याङ्जामा सात हजार ६६० र टोपबहादुर रायमाझीको गृह जिल्ला अर्घाखाँचीमा सात हजार ८३३ जना एमालेका संगठित सदस्य छन् । एमालेले सचिव रायमाझीलाई निलम्बन गरेको छ । उनी यतिबेला कारागारमा छन् ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ५ : ५७ बजे

मुम्बईबाट चेन्नई पुग्यो नेपाली क्रिकेट टिम : मंगलबार यूएईसँग अभ्यास खेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल

अभिनयमा ‘फ्लप’ गायकको घानमा थपिए– प्रकाश सपुत !

काठमाडौं – ठूलो पर्दाको रहर अपवाद बाहेक कुन कलाकारलाई नहोला

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके– ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरु

धादिङ– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले