संसदीय सुनुवाइ समिति सभापतिमा खतिवडा निर्विरोध  चयन « Khabarhub

संसदीय सुनुवाइ समिति सभापतिमा खतिवडा निर्विरोध  चयन


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्विरोध चयन भएका छन् ।

समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा शुक्रबार बसेको समितिको बैठकमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । नवनिर्वाचित खतिवडा नेपाली कांग्रेसका सांसद हुन् ।

समितिका यसअघिका सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको मात्र उम्मेदवारी परेको थियो ।

बैठकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसद खतिवडालाई सभापति निर्वाचित गरियोस् भनी राखेको प्रस्तावलाई नेकपा (एमाले)का संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्ताैलाले समर्थन जनाएका थिए ।

नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेका सांसद खतिवडा हाल कांग्रेसको केन्द्रीय सदस्य छन् । यसअघि पनि उनी ओखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्य थिए ।

केही समयअघिसम्म उनी राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिकै जिम्मेवारीमा थिए । संवैधानिक व्यवस्थाअनुसार सभापतिको पदवहाली गर्नुअघि उनले आगामी सोमबार सभामुखसँग पद तथा गोपनीयताको शपथ लिनेछन्  ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ६ : ०३ बजे

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित