इजरायली हवाई आक्रमणमा १४ जना प्यालेस्टिनीको मृत्यु « Khabarhub

इजरायली हवाई आक्रमणमा १४ जना प्यालेस्टिनीको मृत्यु


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गाजा- इजरायली फौजले गाजा सहरका आवासीय भवन र विस्थापितको शिविरमा हवाई आक्रमण गर्दा १४ जना प्यालेस्टिनीहरूको मृत्यु भएको । आक्रमणमा अरु धेरै घाइते भएको चिकित्सा स्रोतहरूले जनाएका छन् ।

गाजास्थित आवासीय अपार्टमेन्टमा इजरायली लडाकु विमानले बम प्रहार गर्दा तीन जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको जनाइएको छ । रामल्लामा इजरायली सेनाले विस्थापित प्यालेस्टिनीहरूको शिविरमा गोलाबारी गर्दा तीन जनाको मृत्यु हुनुका साथ अन्य धेरै घाइते भएका छन् ।

आवासीय भवनमा भएको अर्को हवाई आक्रमणमा एक जनाको मृत्यु हनुका साथै अन्य केही घाइते भएको जनाइएको छ । गाजा सहरको दक्षिणमा ताल अल हवा र साब्राका घरहरूमा भएको इजरायली हवाई आक्रमणमा थप पाँच प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै धेरै घाइते भएका छन् ।

अर्को छुट्टै आक्रमणमा, इजरायली ड्रोनले सहरको पश्चिममा विस्थापितको शिविरलाई निशाना बनाइ गरेको आक्रमणमा दुईजना प्यालेस्टिनीहरुको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका छन् । हाल गाजा सहर कब्जा गर्ने इजरायली सेनाले घोषणा गरेको अभियानको दोस्रो चरणको रूपमा तीव्र आक्रमण भइरहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ६ : ०८ बजे

विशेष महाधिवेशनका लागि कांग्रेस प्रतिनिधि काठमाडौं आउँदै, भृकुटीमण्डपमा बढ्यो चहलपहल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा