स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु « Khabarhub

स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सिरहा– गोलबजार नगरपालिका-२ टुड्किया सैनिक चोकमा शुक्रबार स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ । 

ट्रिनिटी बोर्डिङ स्कुलको बसले किच्दा स्थानीय मदन साहका छोरा आदर्शकुमार साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आदर्श सोही विद्यालयको ‘प्ले ग्रुप’ मा अध्ययनरत थिए ।

ग१ख ३७८८ नम्बरको बसले विद्यालयबाट घर फर्किने क्रममा आदर्शलाई किच्दा उनको टाउकोमा गम्भीर चोट लागि तत्कालै घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए  ।

उनका अनुसार ठक्कर दिने बसका चालक गोलबजार नगरपालिका–३ का विमल भुजेल घटनापछि फरार भएका छन् । प्रहरीका अनुसार निजको खोजी कार्य जारी छ । 

उक्त घटनापछि मृतक बालकको शव कानुनी प्रक्रियाअनुसार मुचुल्का उठाएर परीक्षणका लागि राउ स्मारक प्रादेशिक अस्पताल लहान पठाइएको प्रहरी नायब उपरीक्षक पासवानले बताए । बस भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच, घटनाप्रति थप अनुसन्धान गर्न स्कुलका संस्थापक एवं प्रधानाध्यापक दिलीप बुढाथोकीलाई हिरासतमा लिई प्रहरीले सोधपुछ गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ७ : १४ बजे

नेपाल टेलिकमले ल्यायो ‘एनटी फाइबर विद्यार्थी अफर’, ४,९९९ रुपैयाँमै एक वर्ष इन्टरनेट

काठमाडौं– नेपाल टेलिकमले विद्यार्थी लक्षित ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक

अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु

पर्वत– पर्वतमा गण्डकी प्रदेशअन्तर्गतका अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ

उज्यालोका नेता भन्छन : सुदनजीले कुलमान दाइलाई फिल्मी शैलीमा उठाएर लगे

काठमाडौं- बौद्धस्थित एक होटलमा समानुपातिकको बन्दसूचीमा रहने ११० जनाको नाम

कुलमान पक्ष भन्छ : वार्ता भइरहेको छ, तर मिल्ने सम्भावना कमजोर

काठमाडौं- उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका

सीमान्तकृत समुदायका लागि नीतिगत सुधारबारे बहस

काठमाडौं– सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्कृत समुदायको सशक्तीकरणका लागि आवश्यक