सैन्य अभ्यासमा सहभागी हुने भारतीय सेनाको टोली अमेरिकामा « Khabarhub

सैन्य अभ्यासमा सहभागी हुने भारतीय सेनाको टोली अमेरिकामा


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकासँगको सैन्य अभ्यासमा सहभागी हुने भारतीय सेनाको टोली प्रस्थान गरेको छ । २१ औँ संस्करणको संयुक्त अभ्यासमा सहभागी हुनका लागि भारतीय सेनाको टोली अमेरिका पुगेको हो ।

‘युद्ध अभ्यास २०३५’ नाम दिइएको अभ्यास सेप्टेम्बर १ देखि शुरु भएर सेप्टेम्बर १४ सम्म सञ्चालन हुनेछ । भारतीय आर्थिक अखबार इकोनोमिक टाइम्सका अनुसार यो अभ्यास अमेरिकाको अलास्का राज्यस्थित फोर्ट वेइनराइटमा सञ्चालन हुने छ ।

भारतको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार यस अभ्यासमा भारतका तर्फबाट मद्रास रेजिमेन्टको बटालियनले सहभागिता जनाउनेछ । अमेरिकाका तर्फबाट भने अभ्यासमा पहिलो बटालियन, पाचौँ इन्फान्ट्री रेजिमेन्ट ‘बबक्याट’ उल्भ्स ब्रिगेड कम्ब्याट टिम, एघारौँ एरअबोर्न डिभिजनको सहभागिता रहनेछ ।

मन्त्रालयका अनुसार दुई साताको अवधिमा सैनिकहरुले विभिन्न सामरिक प्रशिक्षण लिनेछन् । यसमा हेलिबोर्न कारवाही, निगरानी सुविधा र चालकरहित हवाइ प्रणालीको परिचालनबारे अभ्यास समावेश छन् ।

त्यसैगरी, अभ्यासमा सैनिकहरुले ‘रक क्राफ्ट’, पहाडी युद्धकला, हताहती उद्धार, सैन्य चिकित्सा सहायता र तोपखाना, हवाई र विद्युतीय युद्धकार्य प्रणालीको संयुक्त प्रयोगबारे पनि प्रशिक्षण लिने जनाइएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ७ : ३७ बजे

महाधिवेशन प्रतिनिधि सीताको निष्कर्ष- अब अरु दलको चुनाव चिन्हमा भोट हालिँदैन

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र जारी

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

काठमाडौं– नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध 

ललितपुर– ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति  

काठमाडौं– नेपाली कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान भएको त्रिपक्षीय

त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी

तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा