‘सेनासँग आबद्ध फाउन्डेसन पाकिस्तानको सबैभन्दा ठूलो व्यापारिक संस्था’ « Khabarhub

‘सेनासँग आबद्ध फाउन्डेसन पाकिस्तानको सबैभन्दा ठूलो व्यापारिक संस्था’


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको सेनासँग आबद्ध एउटा फाउन्डेसन मुलुककै सबैभन्दा ठूलो व्यापारिक संस्थाको रुपमा स्थापित भएको पाइएको छ । इकोनोमिक पोलिसी एण्ड बिजनेश डेभलपमेन्ट (ईपीबीडी) नामक संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा पाकिस्तानी सेनासँग आबद्ध संस्थाहरुले अर्बौ डलर बराबरको व्यापारिक साम्राज्य विस्तार गरेको उल्लेख गरिएको छ ।

यसमध्ये सेनाको फौजी फाउन्डेसनको कुल सम्पत्तिमात्रै झण्डै ६ अर्ब डलर रहेको छ । त्यसैगरी सेनासँग आबद्ध अन्य नौ संस्थाको सम्पत्ति पनि १ अर्ब डलरभन्दा धेरै छ ।

फौजी फाउन्डेसनको कुल सम्पत्ति ५ अर्ब ९० करोड डलर रहेको उक्त प्रतिवेदनमा जनाइएको छ । पाकिस्तानका ४० भन्दा धेरै व्यापारिक समूहलाई समावेश गरी प्रतिवेदन जारी गरिएको हो ।

‘विदेशी अनुमानहरुले २०२५ मा सेनाको व्यवसायको पदचाप दशौँ अर्ब डलर बराबर रहेको उल्लेख गरेका छन्, गरिबी र आर्थिक संकटको सामना गरिरहेको मुलुकका लागि यो धेरै ठूलो राशि हो ।’ प्रतिवेदनमा उल्लेख गरिएको छ । पाकिस्तानी सेनामा आबद्ध फौजी फाउन्डेसन, सैन्य काल्याणकारी कोष र रक्षा आवास प्राधिकरणजस्ता संस्थाले बैंकिङ, कृषि, उत्पादन, घरजग्गा, शिक्षा र खुद्रा व्यापारजस्ता व्यवसाय गर्दै आएको जनाइएको छ ।

यी संस्थाहरुले राज्यबाट कर छुट, राज्य नियन्त्रित जग्गामा सहज पहुँच र नियामक संरक्षण पाउने गरेका छन् । यसले गर्दा यस्ता संस्था सामान्य बजार प्रतिस्पर्धामा अघि रहने गर्छन् ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ९ : १७ बजे

महाधिवेशन प्रतिनिधि सीताको निष्कर्ष- अब अरु दलको चुनाव चिन्हमा भोट हालिँदैन

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र जारी

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

काठमाडौं– नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध 

ललितपुर– ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति  

काठमाडौं– नेपाली कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान भएको त्रिपक्षीय

त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी

तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा