गाजामा मानवीय सङ्कट गहिरिँदै, अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण « Khabarhub

गाजामा मानवीय सङ्कट गहिरिँदै, अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्र बालकोष (यूनिसेफ)का अनुसार, गाजा सिटी अहिले तीव्र सैन्य गतिविधिका कारण बालबालिकाको लागि बस्न अयोग्य बनिरहेको छ । यूनिसेफको मध्यपूर्व तथा उत्तर अफ्रिका क्षेत्रीय कार्यालयकी सञ्चार व्यवस्थापक टेस इन्ग्रामले यसबारेमा गाजाबाट भिडियो सन्देशमार्फत न्यूयोर्कस्थित संयुक्त राष्ट्र मुख्यालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

उनले गाजा सिटीको अवस्था वर्णन गर्दै भने,“यो शहर अहिले डर, पलायन र अन्त्येष्टीको प्रतीक बनेको छ ।” उहाँका अनुसार, झण्डै १० लाख मानिस अझै पनि गाजा सिटीमा बसोबास गरिरहेका छन् र यदि सैन्य आक्रमण अझ तीव्र बनाइयो भने त्यो एक गम्भीर मानवीय विपत्तिमा परिणत हुन सक्छ ।

“त्यो अवस्था अकल्पनीय र अत्यन्त दुःखद हुनेछ, जसलाई रोक्न हामी सबैले सक्दो प्रयास गर्नुपर्छ,” उनले भने।

इन्ग्रामले थपे,“धेरै मानिसहरू पहिले नै आफ्नो घर छोडेर भागिसकेका थिए, तर अहिले फेरि दोस्रोपटक विस्थापन भोगिरहेका छन् । मैले त्यस्ता बालबालिका भेटेँ, जो युद्धको अफरातफरीमा आफ्ना आमाबुबाबाट छुट्टिएका थिए । कतिपय आमाहरूले आफ्ना सन्तानलाई भोककै कारण गुमाइसकेका छन् भने अरूलाई अझै पनि आफ्ना बालबालिकाको ज्यान जाने डर सताइरहेको छ । मैले अस्पतालमा शय्यामा उपचाररत ती साना शरीरहरू देखेँ, जुन शरपनेलको चोटबाट गम्भीर रूपमा घाइते थिए ।”

उनका अनुसार, यूनिसेफद्वारा सञ्चालनमा रहेका ९२ पोषण उपचार केन्द्रहरूमध्ये हाल ४४ मात्र क्रियाशील रहेका छन्, जसले गर्दा हजारौं कुपोषित बालबालिका अत्यावश्यक उपचार सेवाबाट वञ्चित भएका छन् ।

“हाम्रो टोलीले अत्यन्त कठिन परिस्थितिमा काम गरिरहेको छ । यदि हामीलाई आवश्यक सहयोग तथा व्यापक पहुँचको सुविधा मिलेको भए, हामी अझ धेरै बालबालिकासम्म पुग्न सक्थ्यौं,” उनले स्पष्ट पारे ।

इन्ग्रामले अहिले गाजामा देखिएको मानवीय सङ्कट कुनै आकस्मिक अवस्था नभई, विशिष्ट निर्णयहरूको प्रत्यक्ष परिणाम भएको बताउँदै भने, “यहाँ फिलिस्तीनी जनताको जीवन प्रणाली क्रमशः ध्वस्त पारिँदैछ । विशेषतः बालबालिकाको दुःख र पीडा योजनाबद्ध रूपमा उत्पन्न भएको जस्तो देखिन्छ, जुन अत्यन्त चिन्ताजनक विषय हो ।”

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  १० : ५६ बजे

अशोक राई, राजेन्द्र महतो र रेशम चौधरी साझा चिह्न जाँतोबाट चुनाव लड्ने

काठमाडौं- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको

रास्वपा समानुपातिकको प्रारम्भिक निर्वाचनमा रञ्जु र रमेशलाई लोकप्रिय मत

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रारम्भिक मतदानको

राजनीतिमा लागेकी एलिजाको अज्ञानताले उठाएको प्रश्न : सधैँ जीब्रोलाई दोष दिएर उम्कन पाइन्छ ?

काठमाडौं- वरिष्ठ तथा सेलिब्रेटी पत्रकार ऋषि धमाला पत्नी हुन्–एलिजा गौतम

स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमाका प्रावधानहरू

मुक्तिनाथ मन्दिरको दर्शन गरे मोक्ष मिल्ने जनविश्वास (तस्बिरहरू)

काठमाडौं– मुस्ताङ जिल्लामा समुद्र सतहदेखि ३,७१० मिटरको उचाइमा अवस्थित मुक्तिनाथ