आज २०८२ साल असोज १९ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल असोज १९ गते आइतबारको राशिफल


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज १९ गते आइतबार। आश्विन शुक्ल पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ अक्टोबर ५ तारिख। विश्व शिक्षक दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। व्यापार व्यवसायबाट नाफा हुनेछ। विपक्षीसँगको कारोबारमा फाइदा हुनेछ। परिवारमा मेलमिलापको वातावरण बन्नेछ। विदेशी लगानी फस्टाउनेछ।

वृष : दिन राम्रो छ। पुरानो गुम्न लागेको सम्पत्ति फिर्ता हुनेछ। शिक्षा र राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा भने समस्या आउन सक्छ। अग्रजको सल्लाहमा गरेको काममा फाइदा हुनेछ।

मिथुन : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछ। साथीभाइसँगको भेटघाटले मन खुसी हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिने गर्नुपर्ने देखिन्छ। राजनीतिमा भने फाइदा हुनेछ।

कर्कट : दिन सामान्य छ। व्यापारमा घाटा हुनेछ। नाफा कमाउन थप मिहिनेत गर्नुपर्ने दिन छ। तपाईंको बोलीको कारण आफन्त टाढा पुग्नेछन्। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। छोटो घुमघाम तय हुनेछ। राजनीतिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। परिवारको सहयोगमा गरेको काममा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन सामान्य छ। सामाजिक क्षेत्रमा तपाईंको आलोचना हुनेछ। मन अशान्त बन्ने जोखिम छ। राम्रो काम गरे पनि तपाईंमाथि खराब आरोप लाग्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

तुला : दिन राम्रो छ। पठनपाठनमा मन जानेछ। तपाईंको कामको प्रशंसा हुनेछ। राजनीतिक र कूटनीतिक क्षेत्रमा चासो बढ्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन सामान्य छ। सानातिना कुरामा चिटचिटाहट बढ्नेछ। आम्दानीभन्दा खर्च बढ्नेछ। स्वास्थ्यमा समस्या आउनसक्छ। राजनीति र सामाजिक क्षेत्रमा मन जानेछ। परिवारसँगको सम्बन्ध भने सहज बन्नेछ।

धनु : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। सम्पत्ति आर्जन हुने दिन छ। परिवारको साथसहयोग मिल्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर प्राप्त होला।

मकर : दिन राम्रो छ। आम्दानी बढ्नेछ। लामो समयदेखि रोकिएको सम्पत्तिको बाटो खुल्ने दिन छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। राज्यको तर्फबाट केही लाभ मिल्ने योग परेको छ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

कुम्भ : दिन राम्रो छ। मन शान्त बन्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा चासो बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। सोचेका काम बन्नेछन्। पारिवारिक जिम्मेवारीमा दिन बित्नेछ।

मीन : दिन सामान्य छ। सानातिना कुराले मनमा तनाव बढ्नेछ। आफूभन्दा ठूलाबाट अपमानित भएको महसुस हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। शिक्षामा भने केही सुधारका संकेत देखिनेछ। परिवारको साथ मिल्नेछ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ५ : ०६ बजे

उडान अवरुद्ध हुँदा विदेशबाट ३८ शव ल्याउन समस्या : परराष्ट्र

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा युद्धका कारण उडान अवरुद्ध हुँदा

कैलालीका किसानलाई गहुँबाली भित्र्याउने चटारो

कैलाली– कैलालीका किसानलाई यतिबेला गहुँबाली भित्र्याउन चटारो छ । अचेल

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र