लाङटाङ ट्रेकिङ गएका भक्तपुरका चारजना बेपत्ता « Khabarhub

लाङटाङ ट्रेकिङ गएका भक्तपुरका चारजना बेपत्ता


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

रसुवा – लाङटाङ ट्रेकिङमा गएका भक्तपुरका चारजना खोल्सा तर्ने क्रममा बगेर बेपत्ता भएका छन् । १६ जनाको समूहमध्ये चार जना खोल्सा तर्ने क्रममा बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहका अनुसार शुक्रबार लाङटाङ ट्रेकिङका लागि हिँडेका टोलीका उनीहरू शनिबार गोसाइँकुण्ड गाउँपालिका-४ स्थित बेरिङ खोल्सामा बगेका हुन्।

खोल्सा तर्ने क्रममा आठ जनालाई बगाएको थियो । तीमध्ये चार जना सम्पर्कमा आएका छन् । खोल्साले बगाएर संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ (मध्यपुर ठिमी नगरपालिका) र रवि श्रेष्ठ (भक्तपुर-१०) बेपत्ता भएका हुन्।

वर्षाले बढेको खोल्सा पालैपालो तर्ने क्रममा बगाएको हो। अहिले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ६ : २२ बजे

शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– बलिउडका सुपरस्टार शाहरूख खानको नयाँ एक्शन–थ्रिलर फिल्म ‘किङ्ग’ दर्शकहरूबीच

एमाले अध्यक्ष ओलीकै शैलीमा कांग्रेस नेताको टिप्पणी, ‘विध्वंस मच्चाएर देश खरानी पार्नेहरू बालेन र सुदन’

काठमाडौं- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले भदौ २३ र २४

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी