उदयपुरमा गाडी बग्दा एक जनाको मृत्यु, २१ को सकुशल उद्धार « Khabarhub

उदयपुरमा गाडी बग्दा एक जनाको मृत्यु, २१ को सकुशल उद्धार


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

उदयपुर– बेलका नगरपालिका–४ स्थित लाल बजार नजिकैको अमन खोलाले एक हायस गाडी बगाउँदा २१ जनाको उद्धार भएको छ भने एकजना मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति १२ बजे मोरङको विराटनगरबाट काठमाडौँ हिँडेको बा ४ ख १६२८ को हायस गाडी सिन्धुलीको भिमानबाट पुनः फर्कने क्रममा उदयपुरको बेलकास्थित लालबजार नजिकैको अमन खोलाको कजवेमा बाढीले बगाएको हो ।

गाडीमा सवार २२ जनामध्ये इलाका प्रहरी कार्यालय बेलका र जिल्ला प्रहरी कार्यालयको टोलीले २१ जनाको उद्धार गरेको थियो भने एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताए ।

बाढीले बगाएको एक जनालाई खोजी गर्ने क्रममा अहिले बिहान इलाका प्रहरी कार्यालय बेलकाको टोलीले बगाएको स्थानभन्दा डेढ किलोमिटर तल गिदेरी खोला नजिकै शव फेला पारेको इप्रकाका प्रमुख मौसम उदासले बताए । 

मृतक मोरङको सुन्दरहरैचा नगरपालिका बस्ने वर्ष ४० की मञ्जु अधिकारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  १२ : १९ बजे

काठमाडौंमा इएफएस फाइट नाइट सेभेन आयोजना हुने

काठमाडौं– डब्लुबीसी मोइ थाई नेपालको आयोजनामा काठमाडौंमा इएफएस फाइट नाइट सेभेन

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका

वन कार्यालय भोजपुरद्वारा काठ बरामद

भोजपुर– डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

इटहरी– इटहरी उपमहानगरपालिकाको आयोजनामा आइतबारदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता