भारतका तीन राज्यले लगाए खोकीको सिरपमा प्रतिबन्ध  « Khabarhub

भारतका तीन राज्यले लगाए खोकीको सिरपमा प्रतिबन्ध 


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– कम्तीमा तीन भारतीय राज्यले खोकीको सिरप सेवनपछि धेरै बालबालिकाको मृत्यु भएपछि उक्त औषधिमाथि प्रतिबन्ध लगाएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

मध्यप्रदेश र राजस्थानमा अगस्टको अन्त्यदेखि पाँच वर्षमुनिका कम्तीमा नौ बालबालिकाको मृत्यु उनीहरूलाई दिइएको खोकीको औषधिसँग सम्बन्धित रहेको बताइएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार बालबालिकाले सेवन गरेको सिरपको नमूनामा गरिएको प्रयोगशाला परीक्षणले औद्योगिक विलयमा (सोल्भेन्ट्स) प्रयोग हुने विषाक्त पदार्थ डाइथाइलिन ग्लाइकोल (डिइजी) पाइएको छ, जुन सानो मात्रामा पनि सेवन गरेमा घातक हुन सक्छ ।

‘नमूनाहरूमा स्वीकार्य सीमाभन्दा बाहिर डिइजी पाइएको छ’, मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘कोल्ड्रिफ कफ सिरप’ नामक ब्रान्डमा बिक्री हुने यो उत्पादन दक्षिण भारतको तमिलनाडु राज्यस्थित स्रेसन फार्मा कम्पनीले उत्पादन गरेको हो ।

‘यस सिरपको बिक्री सम्पूर्ण मध्य प्रदेशमा प्रतिबन्धित गरिएको छ’, मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले भने। उनका अनुसार उक्त कम्पनीका अन्य उत्पादनहरूमा पनि बिक्री प्रतिबन्ध लगाइएको छ ।

त्यस्तै, तमिलनाडु र केरला राज्यका अधिकारीहरूले समेत उक्त सिरपको बिक्रीमा रोक लगाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

हालका वर्षहरूमा भारतमा निर्मित खोकीका सिरपहरू विश्वव्यापी रूपमा विवादमा आएका छन् । सन् २०२२ मा गाम्बियामा ७० भन्दा बढी बालबालिकाको मृत्यु भएपछि भारतका औषधि उत्पादनहरू पुनः गम्भीर छानबिनको दायरामा आएका हुन् ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  १ : १५ बजे

काठमाडौंमा इएफएस फाइट नाइट सेभेन आयोजना हुने

काठमाडौं– डब्लुबीसी मोइ थाई नेपालको आयोजनामा काठमाडौंमा इएफएस फाइट नाइट सेभेन

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका

वन कार्यालय भोजपुरद्वारा काठ बरामद

भोजपुर– डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

इटहरी– इटहरी उपमहानगरपालिकाको आयोजनामा आइतबारदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता