विपदको बेला जनसेवामा खटिन सरकारलाई झलनाथ खनालको आग्रह  « Khabarhub

विपदको बेला जनसेवामा खटिन सरकारलाई झलनाथ खनालको आग्रह 


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विपदको बेला जनसेवामा खटिन सरकारलाई आग्रह गरेका छन् । 

 केही दिनदेखिको लगातारको वर्षाले देशमा ठूलो जनधनको क्षति भएकाले यस्तो अवस्थामा सबै तहका सरकारहरू, नागरिक समाज र सम्पूर्ण पक्षले जनसेवामा खटिन आग्रह गरेका हुन् । 

साथै प्राकृतिक प्रकोपको जोखिम अझै नटरेकाले संयमित हुन पनि आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत केही दिनदेखि मुलुकभर अविरल वर्षा भइरहेकाले अझै प्राकृतिक प्रकोपको बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन भनेका छन् ।  

उनले विपद र दुर्घटनामा परेर ज्यान गुमाएकाहरुप्रति दुख व्यक्त गरे । साथै, घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

उनले भनेका छन्, ‘मुलुकमा अप्रत्याशित रूपले सिर्जना गरिएको विध्वंसको पीडा कम हुन नपाउँदै फेरि केही दिन देखि मुलुकै भर अविरल वर्षा भइरहेको छ । त्यसले देशैभर बाढी र डरलाग्दो पहिरोको विनाश सृजना भइरहेको छ, कैयौँ घर खेत बगेका वा पुरिएका छन्, तराई क्षेत्रमा डुबानको समस्या सिर्जना भएको छ । पहाडी क्षेत्रमा बाढी र पहिरोको पीडाबाट जनताको ठूलो सङ्ख्या घरबारविहीन बनेका छन र अहिले सम्म ४ दर्जन भन्दा बढी मानिसहरूको ज्यान गइसकेको छ । कैयौँ बेपत्ता समेत भएका छन् । राजमार्ग तथा सडकहरू क्षतिग्रस्त भएका छन । यसरी सिङ्गो देश नै वर्षा, बाढी र पहिरोको प्रकोपले आक्रान्त बनेको छ,  ठुलो सङ्ख्यामा जनधनको क्षति भएको छ र जनता बिल्लिबाठ बनिरहेका छन् । यस्तो अवस्थामा म सबभन्दा पहिले  विपद र दुर्घटनामा परेर ज्यान गुमाउने सबै आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र उहाँहरूका शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु । साथै, घाइतेहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

अझै पनि प्राकृतिक प्रकोपको जोखिम टरेको छैन, त्यसैले उच्च सतर्कता र सावधानी अपनाउनु अनिवार्य छ । यस्तो अवस्थामा जनता र राष्ट्रप्रति संवेदनशील रहेका सबै राजनीतिक पार्टीहरू, जङ्गी र निजामती प्रशासन, सबै तहका सरकारहरू र विशेष गरेर स्थानीय सरकारहरू, नागरिक समाज र सम्पूर्ण पक्षलाई जनता र राष्ट्रले भोगिरहेको यो आपत र विपतको बेलामा युद्ध स्तरमा जनताको सेवामा उत्रिन आह्वान गर्दछु । साथै, मृतकका परिवारलाई आवश्यक राहत दिन, बाढी र पहिरो पीडितहरूलाई उद्धार गर्न, आवश्यक ठाउँमा अविलम्व राहत सुविधाहरू पुर्याउन, औषधि उपचारको प्रबन्ध गर्न र जन जीवनलाई सामान्य अवस्थामा फर्काउन म सरकारसग जोडदार माग गर्दछु ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ३ : ०२ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी