विपदको बेला जनसेवामा खटिन सरकारलाई झलनाथ खनालको आग्रह  « Khabarhub

विपदको बेला जनसेवामा खटिन सरकारलाई झलनाथ खनालको आग्रह 


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विपदको बेला जनसेवामा खटिन सरकारलाई आग्रह गरेका छन् । 

 केही दिनदेखिको लगातारको वर्षाले देशमा ठूलो जनधनको क्षति भएकाले यस्तो अवस्थामा सबै तहका सरकारहरू, नागरिक समाज र सम्पूर्ण पक्षले जनसेवामा खटिन आग्रह गरेका हुन् । 

साथै प्राकृतिक प्रकोपको जोखिम अझै नटरेकाले संयमित हुन पनि आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत केही दिनदेखि मुलुकभर अविरल वर्षा भइरहेकाले अझै प्राकृतिक प्रकोपको बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन भनेका छन् ।  

उनले विपद र दुर्घटनामा परेर ज्यान गुमाएकाहरुप्रति दुख व्यक्त गरे । साथै, घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

उनले भनेका छन्, ‘मुलुकमा अप्रत्याशित रूपले सिर्जना गरिएको विध्वंसको पीडा कम हुन नपाउँदै फेरि केही दिन देखि मुलुकै भर अविरल वर्षा भइरहेको छ । त्यसले देशैभर बाढी र डरलाग्दो पहिरोको विनाश सृजना भइरहेको छ, कैयौँ घर खेत बगेका वा पुरिएका छन्, तराई क्षेत्रमा डुबानको समस्या सिर्जना भएको छ । पहाडी क्षेत्रमा बाढी र पहिरोको पीडाबाट जनताको ठूलो सङ्ख्या घरबारविहीन बनेका छन र अहिले सम्म ४ दर्जन भन्दा बढी मानिसहरूको ज्यान गइसकेको छ । कैयौँ बेपत्ता समेत भएका छन् । राजमार्ग तथा सडकहरू क्षतिग्रस्त भएका छन । यसरी सिङ्गो देश नै वर्षा, बाढी र पहिरोको प्रकोपले आक्रान्त बनेको छ,  ठुलो सङ्ख्यामा जनधनको क्षति भएको छ र जनता बिल्लिबाठ बनिरहेका छन् । यस्तो अवस्थामा म सबभन्दा पहिले  विपद र दुर्घटनामा परेर ज्यान गुमाउने सबै आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र उहाँहरूका शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु । साथै, घाइतेहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

अझै पनि प्राकृतिक प्रकोपको जोखिम टरेको छैन, त्यसैले उच्च सतर्कता र सावधानी अपनाउनु अनिवार्य छ । यस्तो अवस्थामा जनता र राष्ट्रप्रति संवेदनशील रहेका सबै राजनीतिक पार्टीहरू, जङ्गी र निजामती प्रशासन, सबै तहका सरकारहरू र विशेष गरेर स्थानीय सरकारहरू, नागरिक समाज र सम्पूर्ण पक्षलाई जनता र राष्ट्रले भोगिरहेको यो आपत र विपतको बेलामा युद्ध स्तरमा जनताको सेवामा उत्रिन आह्वान गर्दछु । साथै, मृतकका परिवारलाई आवश्यक राहत दिन, बाढी र पहिरो पीडितहरूलाई उद्धार गर्न, आवश्यक ठाउँमा अविलम्व राहत सुविधाहरू पुर्याउन, औषधि उपचारको प्रबन्ध गर्न र जन जीवनलाई सामान्य अवस्थामा फर्काउन म सरकारसग जोडदार माग गर्दछु ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ३ : ०२ बजे

सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ ।

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ