बिटक्वाइनको मूल्य १ लाख २५ हजार डलर नाघ्यो « Khabarhub

बिटक्वाइनको मूल्य १ लाख २५ हजार डलर नाघ्यो


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – विश्वकै अग्रणी क्रिप्टोकरेन्सी बिटक्वाइन आइतबार नयाँ रेकर्ड उचाइमा पुगेको छ । यसको मूल्य एक लाख २५ हजार अमेरिकी डलरभन्दा माथि पुगेको छ ।

बिटक्वाइनको मूल्य एक लाख २५ हजार ६८९ डलरसम्म उक्लिएको छ । यसले यसअघि गत अगस्टमा कायम गरिएको एक लाख २४ हजार ५०० डलरको रेकर्डलाई तोडेको छ ।

अमेरिकी सरकारको सटडाउनबारे लगानीकर्ताहरूमा देखिएको अनिश्चितता र सतर्कताले बिटक्वाइनको मूल्यमा बलियो वृद्धि ल्याएको विश्लेषकहरूले बताएका छन् ।

ब्लुमबर्ग न्युजका अनुसार अमेरिकी सेयर बजारमा हालै देखिएको लाभले पनि बिटक्वाइनको वृद्धिलाई थप ऊर्जा दिएको छ । लगानीकर्ताहरू अहिले सङ्घीय सरकारका कोषसम्बन्धी वार्ता जारी रहँदा सुरक्षित सम्पत्तिको खोजीमा छन् र बिटक्वाइन त्यसको प्रमुख विकल्प बन्दै गएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको परिवार पनि क्रिप्टोकरेन्सीका ठूला समर्थकका रूपमा परिचित छन्। उनीहरू विभिन्न क्रिप्टो परियोजनाहरूमा संलग्न रहँदै आएको छ जसले उनीहरूको सम्पत्ति वृद्धि गर्न मद्दत गरेको मानिन्छ ।

ट्रम्प प्रशासनले डिजिटल सम्पत्तिप्रतिको समर्थनका माध्यमबाट आफ्नो डेमोक्रेटिक पूर्ववर्ती जो बाइडेनको सरकारअन्तर्गत क्रिप्टो उद्योगमाथि देखिएको संदेहपूर्ण दृष्टिकोण उल्ट्याएको हो । अमेरिकी कंग्रेसले यसै वर्ष जुलाईमा तीन ऐतिहासिक क्रिप्टोकरेन्सी विधेयक पारित गरेको थियो ।

यी नियामक सुधारहरूले बिटक्वाइनको मूल्य वृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेका विश्लेषकहरूको भनाइ छ ।

क्रिप्टो प्राइम ब्रोकरेज कम्पनी फाल्कनएक्सका बजार विभागका सह–प्रमुख जोशुआ लिमले भने, ‘इक्विटी, सुन र पोकेमोन कार्डजस्ता सम्पत्तिहरू सबै ऐतिहासिक उच्चस्तरमा पुगेका बेला बिटक्वाइनले डलर कमजोर भएको कथाबाट फाइदा उठाउनु कुनै आश्चर्य होइन ।’

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ३ : १२ बजे

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्ने, भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटा मञ्चमा उभिन्न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन