नेपालमा लगातार वर्षा गराउने प्रणाली बाहिरियो : मौसम विभाग « Khabarhub

नेपालमा लगातार वर्षा गराउने प्रणाली बाहिरियो : मौसम विभाग


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले नेपालमा लगातार वर्षा गराउने न्यून चापीय प्रणाली देशबाट बाहिरिएको जनाएको छ ।

विभागकी प्रवक्ता विभूति पोखरेलले आइतबार दिउँसो सूचना जारी गर्दै मनसुन कमजोर भइसकेको र मौसममा सुधार देखिएको जानकारी दिइन् ।

यद्यपि, मनसुन अझै नेपालबाट पूर्ण रूपमा बाहिरिएको छैन । त्यसैले केही स्थानमा अझै वर्षा हुने सम्भावना रहेको छ । तर लगातार वर्षा नहुने विभागले स्पष्ट पारेको छ । विभागले मौसम तथा बाढीको सम्भावित अवस्थाको नियमित अनुगमन भइरहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले जारी गरेको विज्ञप्तिमा बंगालको खाडीमा विकास भएको न्यून चापीय प्रणालीका कारण असोज १७ गते साँझदेखि १९ गते बिहानसम्म मनसुन अत्यन्त सक्रिय भएको उल्लेख छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ४ : ०० बजे

बालेन पब्लिक डिबेटमा नबस्ने, भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटा मञ्चमा उभिन्न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर