नेपालमा लगातार वर्षा गराउने प्रणाली बाहिरियो : मौसम विभाग « Khabarhub

नेपालमा लगातार वर्षा गराउने प्रणाली बाहिरियो : मौसम विभाग


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले नेपालमा लगातार वर्षा गराउने न्यून चापीय प्रणाली देशबाट बाहिरिएको जनाएको छ ।

विभागकी प्रवक्ता विभूति पोखरेलले आइतबार दिउँसो सूचना जारी गर्दै मनसुन कमजोर भइसकेको र मौसममा सुधार देखिएको जानकारी दिइन् ।

यद्यपि, मनसुन अझै नेपालबाट पूर्ण रूपमा बाहिरिएको छैन । त्यसैले केही स्थानमा अझै वर्षा हुने सम्भावना रहेको छ । तर लगातार वर्षा नहुने विभागले स्पष्ट पारेको छ । विभागले मौसम तथा बाढीको सम्भावित अवस्थाको नियमित अनुगमन भइरहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले जारी गरेको विज्ञप्तिमा बंगालको खाडीमा विकास भएको न्यून चापीय प्रणालीका कारण असोज १७ गते साँझदेखि १९ गते बिहानसम्म मनसुन अत्यन्त सक्रिय भएको उल्लेख छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ४ : ०० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा