डुबानबाट प्रभावित क्षेत्रमा सुरक्षाकर्मी सक्रिय « Khabarhub

डुबानबाट प्रभावित क्षेत्रमा सुरक्षाकर्मी सक्रिय


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– जिल्लाका प्राकृतिक प्रकोपजन्य स्थानमा सुरक्षाकर्मी सक्रियताका साथ उद्धार तथा राहतका काम गतिविधिमा जुटेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार उनीहरू कार्यक्षेत्रमा जुटेका हुन् ।  

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा आज भएको बैठकले नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका साथ नगर प्रहरी पनि परिचालन भएका छन् । 

सुरक्षाकर्मीले डुबानबाट प्रभावित भएका परिवारलाई विद्यालय, धर्मशालालगायत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा खानाको प्रबन्ध मिलाउने निर्णय गरेको छ । बैठकले सबै स्थानीय तह, उद्योग वाणिज्य सङ्घ, रेडक्रस, गैरसरकारी संस्था महासङ्घ, विकास साझेदारलाई सहयोग गर्न अनुरोध गरेको छ ।  

 यसैगरी, बैठकले विद्युत्, खानेपानी, स्वास्थ्य, दूरसञ्चारलगायत अत्यावश्यक सेवा प्रवाह गर्ने निकायलाई तयारी अवस्थामा रहन अनुरोध गरेको छ । 

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ४ : ११ बजे

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन

मैदान फेरियो तर लक्ष्य उही छ : ज्ञानेन्द्र मल्ल

काठमाडौं – पूर्व क्रिकेटर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक

त्रिभुवन विश्वविद्यालयले अतिरिक्त क्रियाकलापलाई शैक्षिक अङ्कभार दिने

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले अब शैक्षिक प्रमाणपत्रमा पढाइसँगै उनीहरूले गरेका

एक तोला सुनको मूल्य : ३ लाख ३ हजार ८०० रुपैयाँ

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

दाङ– तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलाई बाजा बजाउन भ्याइनभ्याई छ