अत्यधिक वर्षाले मोरङका १७६ परिवार विस्थापित | Khabarhub Khabarhub

अत्यधिक वर्षाले मोरङका १७६ परिवार विस्थापित


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मोरङ– अत्यधिक वर्षाका कारण मोरङमा १७६ परिवार विस्थापित भएका छन् । 

मोरङको केशलिया, सिंगिया र बक्राहा नदीमा आएको बाढी गाँउ पस्दा स्थानीयहरू विस्थापित भएका हुन् । उनीहरूलाई नजिकैको विद्यालयमा पुनर्स्थापित गराइएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । बाढी र डुबानका कारण मोरङमा २ सय ५१ परिवारका करिब एक हजार जना प्रभावित भएको बताइएको छ ।

विराटनगर महानगरपालिका छेउबाट बग्ने केशलिया खोला वडा नंं. १२ को मुसहर समुदाय बस्ने सम्पन्न बस्तीमा छिर्दा गाँउ नै विस्थापित भएको छ । यसैगरी सिंघिया खोलाले नदी किनारमा बसेका स्थानीयलाई विस्थापित गरेको छ ।

त्यस्तै बक्राहा नदीले सुनवर्षी नगरपालिका वडा नं. २ मा करिब १० मिटर तटबन्ध कटान गरेर बस्तीमा छिर्दा स्थानीयहरु विस्थापित भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए । 

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ५ : ३८ बजे

तनहुँमा दैनिक ४० वटा राहदानी वितरण

तनहुँ– जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि दैनिक ४० वटा राहदानीको

देउसीको दक्षिणाबाट शान्ति टोलमा सीसी क्यामरा जडान

झापा– झापाको शान्ति टोल विकास संस्थाले  देउसीभैलीमा सङ्कलन भएको एक

बाढीपहिरोको क्षतिबाट ३ अर्ब ७८ बराबरको बीमा दावी

 काठमाडौं– गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण

दुग्ध उत्पादनमा आकर्षित गर्न ‘नश्ल सुधार कार्यक्रम’

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्नका लागि

म्याग्दीको कोसेली टिमुरका परिकार

म्याग्दी– मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले