नेपाल एयरलायन्सले चार्टर उडानमार्फत अलपत्र यात्रुलाई काठमाडौँ ल्याउँदै « Khabarhub

नेपाल एयरलायन्सले चार्टर उडानमार्फत अलपत्र यात्रुलाई काठमाडौँ ल्याउँदै


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– नेपाल एयरलायन्सले अविरल वर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुलाई आज चार्टर उडानमार्फत काठमाडौँ ल्याउँदै छ ।   

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेका अनुसार नेपाल एयरलायन्सको १५८ सिटे जहाज राति ९ बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाबाट काठमाडौँ उड्ने तयारीमा छ ।

 ‘यात्रुहरू हिजोदेखि भैरहवाको गल्लामण्डीस्थित हनुमान मन्दिरमा बसिरहेका छन् । यसैगरी, बेलहिया, बुटवलमा पनि यात्रु रहेका छन् । सडक अवरुद्ध छ । हवाई टिकट पाउन मुस्किल छ । यस किसिमको विषम परिस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सहकार्य गरेर नेपाल एयरलाइन्सको चार्टर फ्लाइट उडाउन थालेका हौँ, यसबाट काठमाडौँ जाने यात्रुलाई राहत पुग्ने विश्वास लिएका छौँ ।’

चार्टर फ्लाइटका लागि सो एयरलाइन्सका प्रतिनिधि अरुण पन्थीलाई सम्पर्क गर्न सकिने बताइएको छ । विपद्को समयमा सर्वसाधरण जनतालाई सेवा दिनेगरी नेपाल एयरलायन्सले भैरहवा–काठमाडौँ चार्टर उडान गर्न थालेको हो ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ५ : ४० बजे

किभमा रुसको तीव्र हवाई प्रहार : विदेशी कूटनीतिज्ञलाई तत्काल सहर छाड्न रुसको कडा चेतावनी

काठमाडौं– रुसले युक्रेनको राजधानी किभमा थप भीषण प्रहार गर्ने चेतावनी

किसानका घरआँगनमा कृषिमन्त्री चौधरी

रुपन्देही– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रुपन्देही, कपिलवस्तु र

एलिनाको पसलको घर किनेको हल्लामा विष्णुको जवाफ- ‘समाचार पढेर मात्रै थाहा पाएँ’

काठमाडौं– गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाको सम्बन्ध

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया