गाजा युद्धविराम र बन्धक मुक्तिका लागि कायरोमा वार्ता « Khabarhub

गाजा युद्धविराम र बन्धक मुक्तिका लागि कायरोमा वार्ता


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – गाजामा करिब दुई वर्षदेखि जारी युद्ध अन्त्य र बन्धकहरूको मुक्तिका लागि इजरायली र हमासका वार्ताकारहरू आइतबार इजिप्टको राजधानी कायरोमा भेला भएका छन् । इजरायली नेताहरूले आगामी केही दिनभित्रै बन्धकहरू रिहा हुने आशा व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित रोडम्यापमा हमासले देखाएको सकारात्मक प्रतिक्रियापछि इजरायलमाथि कूटनीतिक दबाब बढेको हो । उक्त प्रस्तावमा इजरायली जेलमा रहेका सयौँ प्यालेस्टिनी कैदीहरूको सट्टामा बन्धकहरूलाई रिहा गर्ने व्यवस्था समावेश गरिएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार वार्ताकारहरूलाई ‘प्राविधिक विवरणहरूलाई अन्तिम रूप दिन’ इजिप्ट पठाइएको जानकारी दिए । कायरोले पनि ‘सबै इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरूको आदानप्रदानका धरातलीय अवस्था र विवरणमा छलफल गर्न’ हमास प्रतिनिधिमण्डललाई स्वागत गर्ने पुष्टि गरेको छ ।

इजिप्टका सरकारी सञ्चारमाध्यमका अनुसार अक्टोबर ७ मा हमासले गरेको आक्रमणको दोस्रो वार्षिकोत्सवअघि लडाकू समूह र इजरायली प्रतिनिधिहरू बीच आइतबार र सोमबार अप्रत्यक्ष वार्ता हुनेछ ।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्पले आफ्ना ज्वाइँ जारेड कुसनर र मध्यपूर्व वार्ताकार स्टिभ विटकफलाई इजिप्ट पठाए । उनले हमासलाई चेतावनी दिँदै ‘ढिलाइ अब सह्य हुनेछैन’ भन्दै तुरुन्त सम्झौतामा पुग्न आग्रह गरेका छन् ।

ट्रम्पले ट्रुथ सोसलमा लेख्दै भने, ‘इजरायलले गाजाबाट फिर्तीको प्रारम्भिक रेखा मान्य गरेको छ र यो प्रस्ताव हमाससँग साझा गरिएको छ । जब हमासले पुष्टि गर्छ, युद्धविराम तत्काल प्रभावकारी हुनेछ, बन्धक र कैदी आदानप्रदान सुरु हुनेछ ।’

 हमासले शुक्रबार राति ‘राष्ट्रपति ट्रम्पको प्रस्तावमा समावेश आदानप्रदान सूत्रअनुसार सबै बन्धकहरू जीवित र अवशेष मुक्त गर्न स्वीकृति दिएको’ घोषणा गरेको थियो । ट्रम्पले यो वक्तव्यलाई ‘स्थायी शान्तिका लागि तयार’ भएको प्रमाण भन्दै स्वागत गरे र इजरायललाई आक्रमण रोक्न आग्रह गरे।

तर ट्रम्पको अपीलपछि पनि गाजामा इजरायली आक्रमण जारी छ । एएफपिटिभीले आइतबार तटीय क्षेत्रमा बाक्लो धुवाँ उडिरहेको दृश्य देखाएको छ । हमासको नियन्त्रणमा रहेको गाजा नागरिक सुरक्षा एजेन्सीका अनुसार बिहानको इजरायली आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । शनिबारको आक्रमणमा करिब ६० जनाको मृत्यु भएको थियो । तीमध्ये ४० जना गाजा सहरमै मारिएका थिए ।

इजरायली सेनाले गाजा सहर वरिपरि व्यापक हवाई र स्थल आक्रमण जारी राखेको जनाएको छ र स्थानीय बासिन्दालाई फर्कन नदिन चेतावनी दिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ५ : ४८ बजे

बालेन पब्लिक डिबेटमा नबस्ने, भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटा मञ्चमा उभिन्न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर