सबैभन्दा बढी वर्षा रौतहटको महेशपुरमा « Khabarhub

सबैभन्दा बढी वर्षा रौतहटको महेशपुरमा


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले शनिबार बिहान ०४ः३० देखि आज बिहान ०४ः३० बजेसम्म रौतहटको महेशपुरमा अधिकतम वर्षा भएको जनाएको छ । बङ्गालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीको कारणले यही असोज १७ गते साँझदेखि आज बिहानसम्म मनसुन सक्रिय भई मधेस र बागमती प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरूमा भारीदेखि अति भारी वर्षा तथा कोशी प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरूमा मध्यमदेखि अति भारी वर्षा मापन भएको विभागले जनाएको छ ।

त्यस क्रममा रौतहटमा ३५८ मिमी वर्षा मापन भएको विभागले जनाएको हो । गत २४ घण्टाको वर्षाको विवरणअनुसार १८६ वटा केन्द्रमा वर्षा मापन गरिएको छ । जसमध्ये १०५ वटा केन्द्रमा ५० मिमीभन्दा बढी, ६८ वटा केन्द्रमा १०० मिमीभन्दा बढी, २१ वटा केन्द्रमा २०० मिमीभन्दा बढी र पाँचवटा केन्द्रमा ३०० मिमीभन्दा बढी वर्षा मापन भएको छ ।

३०० मिमीभन्दा बढी वर्षा मापन भएका केन्द्रहरूमा इलाम जिल्लाको हिमाली गाउँ केन्द्र (३३२ दशमलव छ मिमी) र कन्याम टी स्टेट केन्द्र (३१४दशमलव दुई), पर्सा जिल्लाको मुडली केन्द्र (३२८दशमलव छ), रौतहट जिल्लाको महेशपुर केन्द्र (३२८ मिमी) र गौर केन्द्र (३१५ मिमी) रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

विभागका प्रवक्ता विभूति पोखरेलले अविरल वर्षाका कारण शनिबार अपराह्नबाट उल्लिखित प्रदेशअन्तर्गतका बागमती, त्रिशूली, पूर्वी राप्ती, लालबकैया, कमलालगायतका नदीहरूमा जलसतहले सतर्कता तह पार गरेको र हाल घट्दो क्रममा रहेको जानकारी दिइन् ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ६ : २७ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध