भारत–ईएफटीए सम्झौताले भारतमा १० लाख रोजगारी सिर्जना गर्ने « Khabarhub

भारत–ईएफटीए सम्झौताले भारतमा १० लाख रोजगारी सिर्जना गर्ने


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत–युरोपेली स्वतन्त्र व्यापार संघ (ईएफटीए) व्यापार तथा आर्थिक साझेदारी सम्झौता (टीईपीए) गत अक्टोबर १ देखि लागू भएको छ । यो सम्झौता सन् २०२४ मार्च १० मा नयाँ दिल्लीमा हस्ताक्षर गरिएको थियो ।

आधुनिक र महत्वाकांक्षी सम्झौताको संज्ञा दिइएको टीईपीएमा लगानी र रोजगारी सिर्जनासँग सम्बन्धित प्रतिबद्धता समावेश छन् ।

टीईपीए अन्तर्गत ईएफटीएको बजार पहुँच प्रस्तावले शत प्रतिशत गैर–कृषि उत्पादनहरु र प्रशोधित कृषि उत्पादनहरु (पीएपी) मा ट्यारिफ छुटलाई समेट्छ । यसमा औषधि, चिकित्सा उपकरण र प्रशोधित खाद्यजस्ता क्षेत्रहरुमा पीएलआईसँग सम्बन्धित विषयलाई ध्यानमा राखिएको छ ।

यो सम्झौतामा आगामी १५ वर्षमा भारतमा एक खर्ब अमेरिकी डलरले प्रत्यक्ष वैदेशिक लगानी बढाउने र त्यस्ता लगानीहरु मार्फत भारतमा १० लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ ।

टीईपीएको धारा ७.१ अनुसार ईएफटीए देशहरुले सम्झौता लागू भएको १० वर्ष भित्र भारतमा आफ्ना लगानीकर्ताहरुबाट ५० अर्ब अमेरिकी डलर र त्यसपछिका ५ वर्षमा थप ५० अर्ब अमेरिकी डलरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बढाउने लक्ष्य राखिएको छ ।

साथै, ईएफटीए देशहरुले यी लगानी प्रवाहबाट भारतमा १ मिलियन प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ८ : १३ बजे

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित