भारत–ईएफटीए सम्झौताले भारतमा १० लाख रोजगारी सिर्जना गर्ने « Khabarhub

भारत–ईएफटीए सम्झौताले भारतमा १० लाख रोजगारी सिर्जना गर्ने


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत–युरोपेली स्वतन्त्र व्यापार संघ (ईएफटीए) व्यापार तथा आर्थिक साझेदारी सम्झौता (टीईपीए) गत अक्टोबर १ देखि लागू भएको छ । यो सम्झौता सन् २०२४ मार्च १० मा नयाँ दिल्लीमा हस्ताक्षर गरिएको थियो ।

आधुनिक र महत्वाकांक्षी सम्झौताको संज्ञा दिइएको टीईपीएमा लगानी र रोजगारी सिर्जनासँग सम्बन्धित प्रतिबद्धता समावेश छन् ।

टीईपीए अन्तर्गत ईएफटीएको बजार पहुँच प्रस्तावले शत प्रतिशत गैर–कृषि उत्पादनहरु र प्रशोधित कृषि उत्पादनहरु (पीएपी) मा ट्यारिफ छुटलाई समेट्छ । यसमा औषधि, चिकित्सा उपकरण र प्रशोधित खाद्यजस्ता क्षेत्रहरुमा पीएलआईसँग सम्बन्धित विषयलाई ध्यानमा राखिएको छ ।

यो सम्झौतामा आगामी १५ वर्षमा भारतमा एक खर्ब अमेरिकी डलरले प्रत्यक्ष वैदेशिक लगानी बढाउने र त्यस्ता लगानीहरु मार्फत भारतमा १० लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ ।

टीईपीएको धारा ७.१ अनुसार ईएफटीए देशहरुले सम्झौता लागू भएको १० वर्ष भित्र भारतमा आफ्ना लगानीकर्ताहरुबाट ५० अर्ब अमेरिकी डलर र त्यसपछिका ५ वर्षमा थप ५० अर्ब अमेरिकी डलरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बढाउने लक्ष्य राखिएको छ ।

साथै, ईएफटीए देशहरुले यी लगानी प्रवाहबाट भारतमा १ मिलियन प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ८ : १३ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ