अविरल वर्षाका कारण फसेका नागरिकलाई सेनाले गर्‍यो उद्धार « Khabarhub

अविरल वर्षाका कारण फसेका नागरिकलाई सेनाले गर्‍यो उद्धार


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- असोज १७ गते बेलुकीदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा फसेका नागरिकलाई नेपाली सेनाले उद्धार गरेको छ ।

मोरङ्गको कटहरी गाउँपालिका–४ नयाँबजार इलाकास्थित लोहन्द्रा खोलामा आएको बाढीका कारण सुकुम्बासी टोल डुबानमा परेर फसेका छ जना बालबालिकालाई शिवदल गणको टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस्तै, झापाको झापा गाउँपालिका–१ मिलनबस्तीमा डुबानमा परेका १० जना पुरुष र पाँच जना महिला गरी १५ जनालाई अरिदमन गणबाट खटिएको टोलीले मोटरबोटबाट उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

सोही इलाकामा माई खोलाले हुलाकी राजमार्ग कटान गरी फसेका करिब ८० जनाको उद्धार गरिएको छ । यसका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर आवश्यक उपकरण र दक्ष जनशक्तिसहित उक्त स्थानतर्फ खटिएकामा हालसम्म १६ जनाको हवाई उद्धार र मोटरबोटबाट २० जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाँकी व्यक्तिलाई समेत उद्धार गर्ने कार्य भइरहेको नेपाली सेनाले जनाएको छ ।

सोही गाउँपालिका–२ सडक बस्ती तथा वडा नं ६, स्वर्णमति युवा टोलमा बाढीका कारण डुबानमा परेका १३ महिला र ११ पुरुष गरी २४ जनालाई अरिदमन गणबाट खटिएको टोलीले सकुशल उद्धार गरी सुरक्षित स्थानमा राखेको छ ।

इलामको इलाम नगरपालिका–६ घोस इलाकामा पहिरोमा पुरिएका व्यक्तिको खोज तथा उद्धारका क्रममा रणशार्दुल गणबाट खटिएको फौजले पाँच जनाको शव फेला पारेको छ । साथै जीवितै उद्धार गरिएका एक जनालाई थप उपचारको लागि जिल्ला अस्पताल इलाम पठाइएको पनि निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ९ : ३५ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर