केही सडकमा अझै समस्या रहेकाले जानकारी लिएर यात्रा गर्न विभागको आह्वान | Khabarhub Khabarhub

केही सडकमा अझै समस्या रहेकाले जानकारी लिएर यात्रा गर्न विभागको आह्वान


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही सडकमा अझै पहिरो र बाढीले समस्या भइरहेकाले जानकारी लिएर मात्र यात्रा गर्न सडक विभागले अनुरोध गरेको छ।

विभागले आज साझा सार्वजनिक गरेको सडकको अवस्थासम्बन्धी विवरणमा पूर्व पश्चिम राजमार्गको पूर्वी खण्डमा अझै समस्या भइरहेको जनाइएको छ । उक्त राजमार्गको काँकडभिट्टा र कालीखोला क्षेत्रमा पहिरो पन्छाउने काम भइरहेको विभागका प्रवक्ता प्रभातकुमार झाले जानकारी दिए ।

यसैगरी मेची राजमार्गको इलाम खण्डमा धेरै समस्या आएको र बिपी राजमार्ग बाढी रोकिएको सात दिनपछि मात्र सञ्चालन हुन सक्ने अवस्था रहेको विभागले जनाएको छ । गत वर्ष असोज दोस्रो साताको बाढीले क्षति गरेपछि बिपी राजमार्गका करिब डेढ दर्जन स्थानमा ‘डाइभर्सन’ गरिएको थियो । यस वर्ष ती संरचना भत्काएकाले बाढी सामान्य अवस्थामा फर्केपछि काम सुरु गरिने विभागले जनाएको छ ।

यस्तै, कान्ति लोकपथ सोमबार मात्र खोल्न सकिने अवस्था रहेको प्रवक्ता झाले जानकारी दिए । सङ्घीय राजधानीबाट बागमती प्रदेश राजधानी जोड्ने अन्य सडकमा पनि ठाउँठाउँमा पहिरोले समस्या भएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ११ : १६ बजे

इंग्ल्यान्डका डान डौथवेटले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

काठमाडौं – पोखरा एभेन्जर्सले इंग्ल्यान्डका अलराउन्डर डान डौथवेटलाई नेपाल प्रिमियर

जेन-जीहरू मिलेर नयाँ दल बनाउने कसरत, ‘पपुलर’ व्यक्तिको पछि लाग्दा आन्दोलन सकिने डर

काठमाडौं- मंगलबार दिनभर तीनवटा जेन-जी समूहसँग नेताहरूले छलफल गरेका छन्

चीनको ब्याट्री उद्योगमा तीव्र वृद्धिः बिक्री ४८.९ प्रतिशतले बढ्यो

चेंग्दु – चीनको ब्याट्री उद्योग यस वर्षको पहिलो तीन महिनामा

ट्रम्पद्वारा नेतान्याहूलाई माफी दिन राष्ट्रपति हर्जोगसँग आग्रह

एजेन्सी– इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट