आज २०८२ साल कात्तिक १९ गते बुधवारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल कात्तिक १९ गते बुधवारको राशिफल


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक १९ गते बुधवार। कात्तिक शुक्ल पक्षको पूर्णिमा तिथि। गुरु नानक जयन्ती । कात्तिक स्नान समाप्ति । तदनुसार सन् २०२५ नोभेम्बर ५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य राम्रो छ । खाइरहेको सुविधा नै कटौती हुने जोखिम छ । शिक्षामा गरेको लगानीबाट आंशिक लाभ हुनेछ । परिवारलाई विश्वास गर्ने बानीले धोका हुनेछ । लगानीका क्षेत्र सबल छन् । व्यवहार गर्दा सचेत भएर अगाडि बढ्नु उचित हुन्छ ।

वृष :  दिन राम्रो छ । गुम्न लागेको धन प्राप्त हुनेछ । स्वास्थ्यमा सुधारका संकेत देखिने छन् । शिक्षामा प्रगति हुनेछ । परिवारले साथ दिनेछन् । राजनीति नगर्नु उचित हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : दिन राम्रो छ । गुम्न लागेको धन प्राप्त हुनेछ । स्वास्थ्यमा सुधारका संकेत देखिने छन् । शिक्षामा प्रगति हुनेछ । परिवारले साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन राम्रो छ । सहयोगीको साथ मिल्नेछ । व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा सक्रिय नहुनु उचित हुन्छ । सामाजिक क्षेत्रमा इज्जत गुम्ने खतरा छ ।

सिंह : दिन सामान्य छ । बोलीका कारण अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ । ऋण बढ्नेछ । राजनीतिक क्षेत्रमा धोका दिने साथी सक्रिय छन् । धार्मिक कार्यमा सहभागी भएमा दिन सहजै बित्नेछ । परिवारको साथ र सहयोगमा अगाडि बढ्ने दिन छ ।

कन्या : दिन राम्रो छ । कृषि सम्बन्धी व्यापारबाट राम्रो आम्दानी हुनेछ । शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ । सामाजिक क्षेत्रमा तपाईंको बढुवा हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । अरुले विवाद गर्दा तपाईंलाई फाइदा हुनेछ ।

तुला : दिन सामान्य राम्रो छ । अन्त्य साढेसातीको प्रभावले मन अशान्त बने पनि सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ ।

वृश्चिक : दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । राम्रो योजना बन्नेछ । समाजमा तपाईंको नामको चर्चा हुनेछ। घरभन्दा बाहिरका व्यक्तिले तपाईंको प्रशंसा गर्नेछन् ।  पुराना साथीको साथ मिल्नेछ ।

धनु : दिन राम्रो छ । काम गर्दा सचेत बन्नुपर्ने देखिन्छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनसक्छ शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ । राजनीतिक क्षेत्रमा बढुवा हुनेछ । समाजमा तपाईंको मान बढ्ने योग छ । परिवारमा सम्मान प्राप्त हुनेछ ।

मकर : दिन राम्रो छ । ठुलो लगानी गर्ने भए हिम्मत गर्ने समय आएको छ । विपक्षीको मन जित्न नसक्दा विवाद बढ्नेछ । सामाजिक र आर्थिक क्षेत्रमा राम्रो कामको सुरुवात हुनेछ । छिमेकीसँगको भेटमा मन शान्त बन्नेछ । विपक्षीको साथ मिल्नेछ।

कुम्भ : दिन राम्रो छ । उच्च स्थानमा चन्द्रमा पुगेकाले दिन सहज बन्नेछ । स्वास्थ्यमा सुधारका संकेत देखिने छन् । श्रमको मूल्य प्राप्त हुनेछ । सहकर्मीको साथ मिल्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

मीन : दिन राम्रो छ । शिक्षामा गरेको लगानीबाट उत्साह थपिने छ । विपक्षी साथीको साथ मिल्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ५ : १० बजे

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति

करिब ५५ लाख रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ अमेरिका निर्यात

काठमाडौं– भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय