विश्वकप लिग-२: आज युएईसँग भिड्दै नेपाल « Khabarhub

विश्वकप लिग-२: आज युएईसँग भिड्दै नेपाल


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम खेलमा आज नेपालले आयोजक युएईसँग प्रतिस्पर्धा गर्दैछ।

खेल युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।

जारी शृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग चार विकेटले पराजित भयो। आजको खेल जित्नै पर्ने दबाबमा नेपाल छ।

लिग दुईको यो शृङ्खलाको आयोजकसमेत रहेको युएईलाईसमेत नेपालसँगको खेल जित्नुपर्ने दबाब छ। अमेरिका, नेपाल र युएई सहभागी यो शृङखलामा अमेरिका अपराजित छ।

अंक तालिकामा अमेरिका शीर्ष स्थानमा छ भने यूएई पुछारमा छ। अमेरिकाले २४ खेल खेल्दा ३६ अंक जोडेको छ भने १९ खेल खेलेको युएईले ८ अंक मात्र बनाएको छ।

समान १९ खेल खेलेको नेपालको १२ अंक छ। तीन खेल खेलिसक्दासमेत नेपालले युएई शृङ्खलामा अंक जोड्न सकेको छैन।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ५ : ५५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको