आज विश्व सुनामी सचेतना दिवस मनाइँदै « Khabarhub

आज विश्व सुनामी सचेतना दिवस मनाइँदै


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत तटीय मुलुकहरूमा सुनामी सचेतना दिवस मनाइँदै छ।

सुनामी जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र सामूहिक जिम्मेवारीलाई यो दिवसले जोड दिएको छ। समुद्रभित्र ठूलो भूकम्प, ज्वालामुखी विस्फोट वा समुद्री भूस्खलनका कारण उत्पन्न हुने विशाल छालहरूको शृङ्खलालाई सुनामी भनिन्छ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१६ देखि हरेक वर्ष नोभेम्बर ५ लाई विश्व सुनामी सचेतना दिवसका रूपमा मनाउन प्रारम्भ भएको होे। जापानको प्रस्तावमा सुरु गरिएको यो दिवसले सुनामी जोखिम न्यूनीकरणका लागि नवीन अभ्यास र ज्ञान आदानप्रदानलाई जोड दिँदै आएको छ।

राष्ट्रसङ्घका अनुसार अघिल्लो शताब्दीमा ५८ ठूला सुनामीले दुई लाख ६० हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो। सन् २००४ को हिन्द महासागर सुनामीमा धेरैले ज्यान गुमाएका थिए। त्यसपछि जापानको ह्योगो क्षेत्रमा सम्पन्न कोबे सम्मेलनले १० वर्षे ह्योगो कार्ययोजना अङ्गीकार गरी विपद् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी ढाँचा तयार पारेको थियो। यो ढाँचालाई ‘सेन्डाइ फ्रेमवर्क’ भनिन्छ।

सेन्डाइ फ्रेमवर्कको उद्देश्य प्राकृतिक विपद्बाट हुने मृत्यु, प्रभावित जनसङ्ख्या, आर्थिक क्षति र महत्वपूर्ण पूर्वाधारमा पर्ने असरलाई घटाउनु हो। यसले सरकार, समुदाय, वैज्ञानिक र नागरिक समाजबीच सहकार्य गरेर सुरक्षित एवं दिगो भविष्य निर्माणान मद्दत गर्छ। रासस

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ६ : ३३ बजे

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार