झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै « Khabarhub

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने भएका छन् । भेटघाट गर्ने स्थल भने टुङ्गो लागेको छैन ।

खनालका अनुसार आफ्नी पत्नी जेन-जी आन्दोलनमा घाइते हुँदा नेताहरूले देखाएको सद्भाव र मायालाई धन्यवाद दिनका लागि नेताहरूलाई भेट्न लागेका हुन् ।

खनालले हिजो पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफूलाई देखाएको माया र सद्‌भावप्रति धन्यवाद दिएका थिए ।

‘मैले नेताहरूलाई भेटेर राजनीतिक कुरा गर्नेभन्दा पनि मप्रति देखाउनुभएको माया र सद्भावका लागि धन्यवाद दिन भेटेको हुँ’, खनालले खबरहबलाई भने, ‘नेताहरूसँग मेरो भेट्ने क्रम जारी छ । हिजो केपी कमरेडलाई भेटे आज प्रचण्ड कमरेडलाई भेट्दै छु। भोलि अन्य नेताहरूलाई पनि भेट्नेछु।’

खनालले ओलीको सँगको भेटमा पनि सन्चो बिसन्चो र पारिवारिक सम्बन्धको विषयमा कुराकानी बढी भएको बताए ।

राजनीतिक कुराकानीका क्रममा एमाले अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्नेहरूका लागि समूहगत एकताभन्दा पनि व्यक्तिगत प्रवेशमा जोड दिने कुरा बताएको खनालले खबरहबलाई जानकारी दिए ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ७ : ४२ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु