पत्रकार सम्मेलन गर्दै रामकुमारी झाँक्री : एमालेमा फर्किने तयारी « Khabarhub

पत्रकार सम्मेलन गर्दै रामकुमारी झाँक्री : एमालेमा फर्किने तयारी


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)की नेत्री रामकुमारी झाँक्रीले आज पत्रकार सम्मेलन गर्दैछिन्। नेकपा माओवादी केन्द्रसहितका वाम घटकसँगको एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेकी झाँक्रीसहितका नेताको समूहले बुधबार बिहान पत्रकार सम्मेलन गर्न लागेको हो।

यो समूहले बिहान १० बजे काठमाडौंको बसेरा होटलमा पत्रकार सम्मेलन गर्न लागेकी हुन्। पत्रकार सम्मेलनबारे जानकारी दिँदै झाँक्रीले भनेकी छन्, ‘हाम्रो विचार सुन्न र बहसमा सहभागी हुनका लागि आदरणीय पत्रकार साथीहरू तथा सम्पूर्ण परिवर्तनकामी क्रान्तिकारी साथीहरूलाई उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं।’

आजै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ९ वटा पार्टी मिलेर ‘नेपाल कम्युनिस्ट पार्टी’ घोषणा गर्दैछन्। त्यसअघि असन्तुष्ट नेताले पत्रकार सम्मेलन गर्न लागेका हुन्। एकीकृत समाजवादीका नेतामध्ये झाँक्रीसँगै किसन श्रेष्ठलगायत नेता एमाले प्रवेश गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ९ : २२ बजे

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार