एसका नेतालाई एमालेमा स्वागत गर्दै योगेशले भने : अब नेताले होइन, राष्ट्रले जित्नुपर्छ « Khabarhub

एसका नेतालाई एमालेमा स्वागत गर्दै योगेशले भने : अब नेताले होइन, राष्ट्रले जित्नुपर्छ


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी फर्कन लागेका नेतालाई स्वागत गर्दै अब नेताले नभएर राष्ट्र, जनता र एमालेले जित्नुपर्ने बताएका छन्।

एमालेबाट विभाजित भएर फेरि फर्किन लागेका नेतालाई सुझाव दिँदै अमुक नेतालाई जिताउनै पर्ने पूर्वशर्त स्वीकार गर्ने या नगर्ने यो विवेकको विषय भएको भन्दै यस्तो बताएका हुन्।

‘अमुक नेतालाई जिताउनै पर्ने पूर्व शर्त स्वीकार गर्ने या नगर्ने यो यहाँहरूकै विवेकको विषय हो। तर एमालेमा समाहित हुनु कुनै शर्तभन्दा पनि माथिको महत्त्वको सवाल हो। एमालेमा तपाईंहरूको सहभागिताबाट कुन नेतालाई फाइदा हुन्छ या हुन्न ? कुन नेताले जित्छ या हार्छ ? यो गौण हो’, योगेशले फेसबुकमा लेखेका छन्, ‘हामी चाहन्छौ हाम्रो सहकार्यले नेपाल राष्ट्रले जित्नु पर्छ, नेपाली जानताले जित्नु पर्छ र नेकपा एमालेले जित्नु पर्छ। त्यसका खातिर हामी हजार पटक हार्न तयार छौँ।
स्वागत छ कमरेडहरू। ’

एकीकृत समाजवादीबाट रामकुमारी झाँक्रीसहितका नेता एमाले फर्कने तयारी गरेका छन्। यही सन्दर्भमा महासचिव शंकर पोखरेलले सार्वजनिक रूपमै एमाले फर्कने भए पार्टीको नीति र नेतृत्व स्वीकार गर्नुपर्ने र प्रश्न उठाउन नपाइने बताएका थिए। योगेश भट्टराईको त्यही लक्षित भनाइ सार्वजनिक भएको हो।

उनले भनेका छन्, ‘जबज हाम्रो सिद्धान्त हो, नीति हो। तपाईं हाम्रो साझा प्रयत्नले यसलाई थप परिष्कृत र समृद्ध बनाउने हो। प्रतिस्पर्धाबाट छानिएको नेतृत्व हाम्रो एकताको आधार हो। ’

एमालेको ११ औं महाधिवेशनको मिति घोषित रहेको बताउँदै महाधिवेशनपूर्व नीति र नेतृत्वको बहस गर्ने वैधानिक अभ्यास पाँचौ महाधिवेशनबाटै स्थापित गरिएको उनले बताएका छन्।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ९ : ४२ बजे

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको

बाढीपहिरो प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद्बाट प्रभावित नागरिकको

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका