किसान श्रेष्ठ भन्छन्– ‘हामीलाई केही चाहिँदैन, पुरानो घर एमाले फर्किन्छौँ’  « Khabarhub

किसान श्रेष्ठ भन्छन्– ‘हामीलाई केही चाहिँदैन, पुरानो घर एमाले फर्किन्छौँ’ 


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादी केन्द्रका नेता किसान श्रेष्ठले आफूहरू नेकपा एमालेमा फर्कन लागेको बताएका छन् ।

आज (बुधबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्ष माधव नेपालले माओवादीसँग एकता गर्न लागेको र घनश्याम भुसालले नयाँ पार्टी बनाउने तयारी गरेको बताए ।

ती दुवै धारमा नलागी आफूहरू भने आफ्नो ‘पुरानो घर’ एमालेमै फर्कने निर्णयमा पुगेको स्पष्ट गरे।

‘हामी एमाले प्रवेश गर्न लागेको होइन, घर फर्कन लागेको हौँ। हाम्रो पसिना बगेको, जीवन अर्पण गरेको पार्टी एमाले नै हो,’ उनले भने ।

श्रेष्ठले एमालेमा फर्कँदा कुनै पदको आशा नभएको समेत बताए । ‘हामी वार्ता र संवादमा छौँ, तर पद वा सशर्त फर्कने होइन, निसर्त घर फर्किन्छौँ। हामीलाई केही चाहिएको छैन, हाँसेर बोलिदिए, सम्मान गरिदिए पुग्छ।’

उनले माओवादीमा जाने तयारीमा रहेका माधव नेपाल र नयाँ पार्टी घोषणा गर्न लागेका घनश्याम भुसाललाई पनि शुभकामना दिए । विगतका गल्ती र असमझदारी भुलेर फर्कन सहज वातावरण बनाउन एमाले नेतृत्वसँग आग्रह गरे ।

‘हामीलाई विनाशर्त घर फर्कने वातावरण बनाइदिनुहोस्,’ उनले अनुरोध गरे ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ११ : ११ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय