चन्द्र भण्डारी भन्छन्- कांग्रेसले महाधिवेशनबाट भाग्न मिल्दैन « Khabarhub

चन्द्र भण्डारी भन्छन्- कांग्रेसले महाधिवेशनबाट भाग्न मिल्दैन


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस नेता डा. चन्द्र भण्डारीले जेन-जी आन्दोलनपछि उत्पन्न जटिल परिस्थितिमा नेपाली कांग्रेसले जिम्मेवार र परिपक्व निर्णय लिनुपर्ने बताएका छन् ।

भण्डारीले अहिलेको समय देशमा देखा परेका राष्ट्रिय समस्याहरू समाधानमा केन्द्रित हुनुपर्ने बेला भएको बताएका छन् । उनले भने, ‘यस्तो संवेदनशील घडीमा अनुभव, जिम्मेवार र परिपक्व निर्णय अत्यावश्यक हुन्छ ।’

उनले पार्टीभित्रको द्वन्द्व बाहिर ल्याउँदा जनतामा निराशा र देशमा अन्यौलता बढ्ने चेतावनी पनि दिएका छन्। ‘कांग्रेस आफ्नो जिम्मेवारपूर्ण इतिहासको निरन्तरताबाट बाहिरिन मिल्दैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

भण्डारीले पार्टीको सबैभन्दा शक्तिशाली निकायले बहुमतको हस्ताक्षरसहित महाधिवेशनको प्रस्ताव बुझाइसकेको उल्लेख गर्दै अधिवेशन नियमित प्रक्रिया र पार्टीको जीवन्तताको प्रतीक भएको बताएका छन्।

तत्कालीन सत्ता साझेदार नेकपा एमाले पनि मंसिरमा महाधिवेशन गर्ने तयारीमा रहेको अवस्थामा कांग्रेसले राष्ट्रिय मुद्दाको नेतृत्व गर्न अग्रसरता देखाउन चुक्न नहुने र आफ्नो अधिवेशन पनि टार्न नमिल्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘बजारमा तर्क र विचार बिक्छ, तर बिक्दैन- ‘सकिँदैन’ भन्ने मात्र तर्क ।’

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ११ : २४ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५