मध्य भारतमा रेल दुर्घटना : यात्रु र मालवाहक रेल ठोक्किँदा कम्तीमा ११ जनाको निधन « Khabarhub

मध्य भारतमा रेल दुर्घटना : यात्रु र मालवाहक रेल ठोक्किँदा कम्तीमा ११ जनाको निधन


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– मध्य भारतमा मङ्गलबार राति एक यात्रु रेल मालवाहक (कार्गो) रेलसँग ठोक्किँदा कम्तीमा ११ जनाको निधन भएको छ । 

दुर्घटना छत्तीसगढ राज्यको राजधानी रायपुरबाट करिब ११५ किलोमिटर (७० माइल) उत्तरपूर्वमा अवस्थित बिलासपुर नजिक भएको हो ।

वरिष्ठ सरकारी अधिकारी सञ्जय अग्रवालका अनुसार स्थानीय यात्रु रेलले कार्गो ट्रेनलाई पछाडिबाट ठोक्काएको थियो । 

सो ठक्करपछि यात्रु रेलका कोचमध्ये एक मालवाहक गाडीको माथि चढेको थियो । उद्धारकर्ताहरूले घण्टौँसम्मको अथक प्रयासपछि उक्त कोचलाई भुईँमा ल्याई फलाम काट्ने यन्त्रको सहयोगले भित्र अड्किएका शवहरू निकाल्न सफल भएका थिए । उनका अनुसार थप तीन जना यात्रुका शव त्यहीँ फेला परेका थिए ।

बुधबार बिहानसम्म उद्धार कार्य सकिएको र दुर्घटनास्थल हुँदै रेल आवागमन पुनः सुरु गरिएको अधिकारी अग्रवालले बताए । उनका अनुसार मृतकमध्ये यात्रु रेलका लोकोमोटिभ चालक पनि छन् भने गम्भीर रूपमा घाइते सह–पाइलट महिलाको निजी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा करिब २० जना यात्रु घाइते भएको प्रारम्भिक विवरणमा जनाइएको छ । सबैलाई नजिकैका अस्पतालमा उपचारका लागि पठाइएको छ ।

भारतीय रेल प्रशासनले एक विज्ञप्ति जारी गर्दै घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु भएको जनाएको छ । साथै, मृतक र घाइतेका परिवारजनलाई आर्थिक सहयोग प्रदान गरिने प्रतिबद्धता पनि जनाएको छ ।

छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले यस दुःखद घटनाप्रति गहिरो शोक व्यक्त गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

भारतमा यस्ता रेल दुर्घटनाहरू दुर्भाग्यवश असामान्य होइनन् । देशभर १४ हजार रेलमार्गमार्फत दैनिक करिब एक करोड २० लाखभन्दा बढी यात्रु ६४ हजार किलोमिटर लामो ट्र्याक सञ्जालमा यात्रा गर्छन् ।

 रेल सुरक्षा सुधारका लागि सरकारको निरन्तर प्रयास भइरहे पनि प्रत्येक वर्ष सयौँ दुर्घटनाहरू हुने गरेका छन्, जसका कारण प्रायः मानव त्रुटि वा पुरानो सङ्केत प्रणालीलाई जिम्मेवार ठानिन्छ ।

सन् २०२३ मा भारतको पूर्वी भागमा भएको भीषण रेल दुर्घटनामा २८० भन्दा बढी यात्रुले ज्यान गुमाएका थिए । यो देशको इतिहासमै सबैभन्दा भयावह रेल दुर्घटनामध्ये एक मानिन्छ । रासस

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १२ : ०४ बजे

गगन-विश्वसहित विशेष महाधिवेश पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय