फिलिपिन्समा कलमेगी चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६६ पुग्यो, २६ अझै बेपत्ता « Khabarhub

फिलिपिन्समा कलमेगी चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६६ पुग्यो, २६ अझै बेपत्ता


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनिला– आइतबारदेखि फिलिपिन्समा आएको कलमेगी चक्रवातका कारण मृत्यु हुनेहरूको सङ्ख्या ६६ पुग्नुका साथै, थप २६ जना बेपत्ता भएको फिलिपिन्सको नागरिक रक्षा कार्यालय (ओसीडी) ले बुधबार जनाएको छ ।

ओसीडीका उप प्रशासक राफेलिटो अलेजान्ड्रोले  सबै भन्दा बढी प्रभावित सेबु प्रान्तमा चक्रवातका कारण ४९ जनाको मृत्यु भएको मिडियालाई बताए ।

 उनका अनुसार आँधीका कारण कम्तीमा १० जना घाइते भएका छन् भने ७ लाख ६ हजार भन्दा बढी मानिसहरू प्रभावित भएका छन् ।  

बुधबार सम्म, फिलिपिन्सकोे  मौसम विज्ञान विभागले कलमेगी केन्द्र एल निडो, पलावनमा २५ किलोमिटर प्रति घण्टाको गतिमा पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै १२० किलोमिटर प्रति घण्टाको अधिकतम हावा र १६५ किलोमिटर प्रति घण्टा हावाको साथ आएको जनाएको छ ।  

विभागका अनुसार कलमेगी यस वर्ष फिलिपिन्स द्वीपसमूहमा प्रहार गर्ने २० औँ चक्रवात  हो । प्रशान्त चक्रवात क्षेत्रमा अवस्थित फिलिपिन्सले प्रत्येक वर्ष औसत २० वटा चत्रदवातको सामना गर्ने गरेको जनाइएको छ । रासस

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १२ : १० बजे

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार