फिलिपिन्समा कलमेगी चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६६ पुग्यो, २६ अझै बेपत्ता | Khabarhub Khabarhub

फिलिपिन्समा कलमेगी चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६६ पुग्यो, २६ अझै बेपत्ता


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनिला– आइतबारदेखि फिलिपिन्समा आएको कलमेगी चक्रवातका कारण मृत्यु हुनेहरूको सङ्ख्या ६६ पुग्नुका साथै, थप २६ जना बेपत्ता भएको फिलिपिन्सको नागरिक रक्षा कार्यालय (ओसीडी) ले बुधबार जनाएको छ ।

ओसीडीका उप प्रशासक राफेलिटो अलेजान्ड्रोले  सबै भन्दा बढी प्रभावित सेबु प्रान्तमा चक्रवातका कारण ४९ जनाको मृत्यु भएको मिडियालाई बताए ।

 उनका अनुसार आँधीका कारण कम्तीमा १० जना घाइते भएका छन् भने ७ लाख ६ हजार भन्दा बढी मानिसहरू प्रभावित भएका छन् ।  

बुधबार सम्म, फिलिपिन्सकोे  मौसम विज्ञान विभागले कलमेगी केन्द्र एल निडो, पलावनमा २५ किलोमिटर प्रति घण्टाको गतिमा पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै १२० किलोमिटर प्रति घण्टाको अधिकतम हावा र १६५ किलोमिटर प्रति घण्टा हावाको साथ आएको जनाएको छ ।  

विभागका अनुसार कलमेगी यस वर्ष फिलिपिन्स द्वीपसमूहमा प्रहार गर्ने २० औँ चक्रवात  हो । प्रशान्त चक्रवात क्षेत्रमा अवस्थित फिलिपिन्सले प्रत्येक वर्ष औसत २० वटा चत्रदवातको सामना गर्ने गरेको जनाइएको छ । रासस

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १२ : १० बजे

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैनः केपी ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ

सिन्धुली – तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की थापाको हत्या प्रकरणमा

हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ

झापा- जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा आज आफ्नै