‘परान’मा दर्शक बढ्न लागेपछि निर्माताले भने– चाँडै अर्को फिल्म घोषणा गर्छौं « Khabarhub

‘परान’मा दर्शक बढ्न लागेपछि निर्माताले भने– चाँडै अर्को फिल्म घोषणा गर्छौं


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदर्शनरत ‘परान’का निर्माता रञ्जित आचार्यले चाँडै अर्को फिल्म निर्माणको घोषणा गर्ने खुलासा गरेका छन् ।

‘परान’ हलबाट नउत्रदै यही फिल्मको टिमले नयाँ फिल्म बनाउने घोषणा गर्ने उनले बताए ।

बानेश्वरको एक हलमा मंगलबार साँझ केही चर्चित व्यक्तिहरुलाई आमन्त्रण गरिएको शो पश्चात मिडियासँगको कुराकानीमा निर्माता आचार्यले भने, ‘म प्रिमियरमै दोस्रो फिल्म घोषणाको तयारीमा थिएँ । यो फिल्म हलमा हुँदै हाम्रो अर्को फिल्मको घोषणा हुनेछ ।’

आफूहरुले बनाउने फिल्मको कथा ‘परान’को जस्तै सामाजिक र पारिवारिक हुने उनको भनाइ छ । उनले भने, ‘समाजकै स-साना घटना समेटेर हामी स्क्रिप्ट चयन गर्छौं ।’

‘परान’ गत शुक्रबारबाट प्रदर्शनमा आएको हो । सकारात्मक ‘वर्ड अफ माउथ’का कारण यसको शो संख्या र अकुपेन्सी बढ्दो छ । हलहरुले सोमबारबाट यसको शो बढाएका हुन् ।

प्रदर्शनको तीन दिनपछिबाट फिल्मले पिकअप लिएको हो । यही फिल्मबाट निर्देशक दीपक आचार्यले डेब्यू गरेका हुन् ।

रञ्जित र व्यवासी शेखर गोल्छाको संयुक्त लगानी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले यो फिल्मको निर्माण गरेको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १२ : ५० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको