‘उत्तरी नाइजेरियामा भएको गोलाबारीमा २१ जनाको मृत्यु’ « Khabarhub

‘उत्तरी नाइजेरियामा भएको गोलाबारीमा २१ जनाको मृत्यु’


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तरपश्चिमी नाइजेरियामा सशस्त्र सेना र आतंकवादीहरूबिच भएको गोलीबारीमा १९ जना आतंकवादी र दुई जना सैनिकको मृत्यु भएको नाइजेरियाली सेनाले घोषणा गरेको छ ।

नाइजेरियाली सेनाले कानो राज्यमा सशस्त्र समूहसँग भएको गोली हानाहानको पुष्टि गर्दै जारी गरेको विज्ञप्तिमा अपरेसनका क्रममा दुई जना सैनिक र एक जना स्थानीय गार्डको पनि मृत्यु भएकोसमेत उल्लेख गरेको छ ।

उत्तरी नाइजेरियामा बढ्दो असुरक्षा कम गर्ने सैन्य अभियानको एक हिस्साको रूपमा यो अपरेसन आएको विज्ञप्तिमा भनिएको छ । धेरै सैनिक र संयुक्त फोर्सका सदस्यहरूलाई सामान्य चोट लागेको र उपचारका अस्पताल लगिएको जनाइएको छ ।
 
नाइजेरियाका उत्तरपूर्वी राज्यहरूमा सन् २००९ मा विद्रोह सुरु गरेका सशस्त्र समूहहरूले पटक–पटक आक्रमण गर्दा करिब ४० हजार मानिसहरूको मृत्यु हुनुका साथै  करिब २० लाख नाइजेरियालीहरू विस्थापित भएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १ : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै