बहुविवाह आरोपमा समातिएका एमाले केन्द्रीय सदस्य शेर्पा कारागारतिर « Khabarhub

बहुविवाह आरोपमा समातिएका एमाले केन्द्रीय सदस्य शेर्पा कारागारतिर


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बहुविवाहको मुद्दामा मंगलबार अपरान्ह पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा कारागार चलान भएका छन्।

जिल्ला अदालत र उच्च अदालतबाट समेत एक वर्षअघि नै दोषी ठहर भएका शेर्पालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार पक्राउ गरेको थियो।

उनलाई बुधबार अदालतमा उपस्थित गराएर तोकिएको सजाय भुक्तानका लागि डिल्लीबजार कारागार चलान गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एवम् एसपी पवनकुमार भट्टराईले बताए।

शेर्पा ताप्लेजुङका हुन् । उनी पछिल्लो समय भक्तपुरको गुन्डुमा रहेर अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिएका थिए । शेर्पा एमालेको जनसंगठन जनजाति महासंघका अध्यक्ष पनि थिए ।

बहुविवाहको मुद्दा परेपछि उनलाई २०७९ मा जिल्ला अदालतले एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो। त्यसविरुद्ध शेर्पा उच्च अदालत पाटन पुगेका थिए ।

त्यहाँ पनि शेर्पाको मुद्दामा जिल्लाकै फैसला सदर भएको थियो । तर उनी शक्तिको आडमा बाहिरै रहेको अवस्थामा अब जेल गएको हुन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  २ : ०९ बजे

स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै दिन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट

सुस्तामा फेरि पस्यो ठूलो संख्याामा भारतीय फौज, नेपाली भूमिमा बनिरहेको बाँध भत्काइदियो

बुटवल- पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)

स्रोत नखुलेको भारतीय रकमसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ

गोलबजारमा विध्वंशको यो रूप, कयौँ भवन खण्डहर (तस्बिरहरू)

काठमाडौं– सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव साउन १४

सुशासनलाई सुदृढ बनाउन अग्रजको आदर्शलाई आत्मसात् गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ