कांग्रेसमा उदयशमशेरको प्रश्न : अन्तरिम सरकारलाई मोदीले दुई पटक बधाई दिए, हाम्रो पार्टीको धारणा के हो ? « Khabarhub

कांग्रेसमा उदयशमशेरको प्रश्न : अन्तरिम सरकारलाई मोदीले दुई पटक बधाई दिए, हाम्रो पार्टीको धारणा के हो ?


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शमशेर राणाले पार्टीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारबारे धारणा तय नगरेको भन्दै प्रश्न उठाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार बोल्ने क्रममा राणाले देशकै ठूलो दल भएर पनि कांग्रेसको ध्यान राष्ट्रिय राजनीतिबाट हटेकोमा चिन्ता जनाए । उनले यसबारेमा नेतृत्वले ठोस धारणा ल्याउनुपर्ने पनि माग गरेका छन् ।

‘राष्ट्रिय राजनीतिमा कांग्रेसको धारणा के हो ? हामी अहिले कुन अवस्थामा कहाँ, कसरी उभिएका छौँ?’, राणाले नेताहरूलाई सोधे, ‘भदौ २७ गते अन्तरिम सरकार बनेपछि भारतीय नरेन्द्र मोदीसहितका छिमेकी नेताहरूले दुई–दुई पटक बधाई दिइसके। कूटनीतिज्ञ र राजदूत दौडिँदै बधाई दिन गए । अझै पनि हाम्रो पार्टी सरकारबारे ठोस धारणा नबनाएर मौन बसेको छ।’

उनले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि एमाले–कांग्रेस गठबन्धन सरकार ढलेर पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो । त्यहीतर्फ इंगित गर्दै उनले भारतीय प्रधानमन्त्री मोदीसहित विभिन्न देशका नेताहरूले बधाई दिँदा पनि पार्टीले कुनै धारणा नबनाएकोबारे नेतृत्वलाई सोधेका हुन् ।

बैठकमा उनले पन्ध्रौँ महाधिवेशन र विशेष महाधिवेशनबाहेक अन्य कुरामा छलफल हुन नसकेकोतर्फ आपत्ति व्यक्त गरे । ‘नेताहरू एक हुनुपर्छ भन्ने कार्यकर्ताले अपेक्षा छन्’, उनले भने, ‘हाम्रो बैठक लामो चलिरहे पनि देशका ठूला विषयमा कुनै कुरा भएको छैन। देशको एजेन्डा यही मात्र हो र?’

जेन-जी आन्दोलनपछि एमालेले आफ्नो राजनीतिक दिशा तय गरिसकेको बताउँदै उनले माओवादी पनि साना दल मिलाएर अघि बढ्न लागिरहेको उल्लेख गरे । उता राष्ट्रिय स्वतन्त्र पार्टी पनि शक्ति बढाउन संवादमा रहँदा कांग्रेसको अलमल ठिक नभएको उनको तर्क छ।

भदौको जेन–जी आन्दोलनका क्रममा सभापति शेरबहादुर देउवामाथि उनकै निवासमा आक्रमण हुँदा पनि पार्टी मौन बसेको बारे पनि उनले प्रश्न गरे ।

नेता राणाले विशेष महाधिवेशनमा जान नसकिने बताए । ‘विशेष महाधिवेशन महाभारतको चक्रव्यूहमा फसेबराबर हो,’ उनले भने, ‘हामी महाधिवेशन भित्र पस्छौँ तर बाहिर निस्किन सक्दैनौँ। त्यसैले त्यता नजाने निर्णय गर्नुपर्छ।’

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  २ : २७ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग