मदन अमात्यले भने- नेताको दासत्व स्वीकार्दिनँ, कांग्रेसमा जेन-जीको जस्तै विद्रोह हुन्छ « Khabarhub

मदन अमात्यले भने- नेताको दासत्व स्वीकार्दिनँ, कांग्रेसमा जेन-जीको जस्तै विद्रोह हुन्छ


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदन अमात्यले मुलुकमा भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन जस्तै पार्टीभित्र पनि विद्रोह हुने चेतावनी दिएका छन् ।

सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले नेताहरूले जनताको भावना बुझ्न नसक्दा विद्रोह हुने अवस्थामा पुगेको बताएका हुन्।

‘केन्द्रीय समितिको बैठकमा नबोलौँ भन्ने थियो। यति चाहिँ भन्छु- पार्टीमा विद्रोह हुन्छ जसरी देशमा भयो’, उनले भने। अमात्यले पार्टीको महाधिवेशन सकेर मात्रै फागुन २१ गतेको चुनावमा जानुपर्ने बताए।

‘चुनावअघि नै महाधिवेशन गरौँ। महाधिवेशन रोकेर चुनावमा किन जाने ? लोकतान्त्रिक पार्टी भन्ने अनि महाधिवेशन पर पर धकेल्ने?,’ उनले सोधे, ‘महाधिवेशनमा सभापति हुने कांग्रेसी नै हो, म हुने होइन। ओली र प्रचण्ड पनि हुँदैनन्। कांग्रेस कहिल्यै एक ढिका थिएन र हुन सक्दैन ।’

अमात्यले पार्टीमा व्यक्तिको दास भएर बस्न नसक्ने बताएका छन्। ‘म सभापतिलाई आदार गर्छु तर दासत्व स्वीकार्न सक्दिनँ’, उनले भने।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ३ : ०५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५