काठमाडौंका सार्वजनिक स्थलमा निःशुल्क वाईफाई सेवा अनुगमनमा निस्किए सञ्चारमन्त्री | Khabarhub Khabarhub

काठमाडौंका सार्वजनिक स्थलमा निःशुल्क वाईफाई सेवा अनुगमनमा निस्किए सञ्चारमन्त्री


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उपत्यकाका विभिन्न स्थानमा जडान गरिएका निःशुल्क वाइफाइसहितको इन्टरनेट सेवा सञ्चालनको अनुगमन गरेका छन् ।

बुधबार सञ्चारमन्त्री खरेलले काठमाडौंको नयाँ बसपार्कदेखि शिक्षण अस्पताल, पशुपति आर्यघाट क्षेत्र हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जडान भएका निःशुल्क इन्टरनेट सेवा सञ्चालनको अनुगमन गरेका हुन् ।

उनले दुई महिनाभित्र काठमाडौंका संवेदनशील तथा अत्यावश्यक स्थानमा निःशुल्क इन्टरनेट सेवाको प्रतिबद्धता अनुसार डेढ महिनाको अवधिमा १९ वटा स्थानमा निःशुल्क इन्टरनेट सेवा सुचारु भइसकेको जानकारी दिए  ।

स्वयम्भूको यातायात कार्यालयदेखि एकान्तकुना हुँदै भक्तपुरको यातायात कार्यालयसम्म पनि निःशुल्क वाइफाइसहितको इन्टरनेट सेवा उपलब्ध गराउन काम भइरहेको उनले बताए ।

उनले सरकारले राजधानी काठमाडौँसहित दुर्गम क्षेत्रमा पनि इन्टरनेट सेवा विस्तार गर्नेक्रममा काम गरिरहेको जानकारी दिए ।

सरकारले सातै प्रदेशका राजधानीमा निःशुल्क इन्टरनेट सेवा पुर्‍याउने लक्ष्य लिएको उल्लेख गर्दै मन्त्री खरेलले मुलुकका गाउँ–सहर, सुगम–दुर्गम सबै क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा पुर्‍याउने सन्दर्भमा आवश्यक काम भइरहेको जानकारी दिए  । 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ३ : ११ बजे

मेडिकल काउन्सिलको निर्वाचन आगामी पुसमा हुने

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको निर्वाचन आगामी पुसमा हुने भएको छ

शुक्रराज अस्पताल र नरदेवीस्थित आयुर्वेद चिकित्सालयको क्यान्टिनमा अनुगमन

काठमाडौं– काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको

यी हुन् तौल घटाउने तीन सूत्र

पछिल्लो समय सुगर, प्रेसर, दम लगायत नसर्ने तथा दीर्घ रोगीहरूको

कम्युनिष्ट पार्टीबीचको एकता अहिलेको आवश्यकता : नेता खनाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले

कांग्रेस बैठकमा मुख्यमन्त्री पाण्डेले भने- फागुन २१ मै चुनाव हुने संकेत छ, हामीले ‘हुँदैन’ भन्नु ठिक होइन

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र