काठमाडौं – फिल्म ‘रमिताको पिरती’को टिमले सरप्राइज दिँदै फिल्मको प्रदर्शन मिति माघ २३ लाई तोकेको छ । ललिपुरको एक होटलमा बुधबार कार्यक्रमको आयोजना गरी यस फिल्मबारे जानकारी दिइएको हो ।
सुटिङ सक्काएर एकैचोटी फ्रर्स्टलुक पोस्टर सार्वजनिक गरी निर्माण पक्षले फिल्मबारे जानकारी गराइ सरप्राइज दिएको हो ।
सामान्यतया फिल्म घोषणा गरेर छायाङ्कन निस्कने अभ्यास छ । तर, यो टिमले कलाकार र निर्माणबारे गोप्य राखेरै फिल्मको छायाङ्कन पूरा गरिएको हो ।
यो फिल्मको शीर्ष भूमिकामा नायिका आना शर्मा छन् । मुख्य कलाकारहरुमा नायकहरु धिरज मगर, विनय श्रेष्ठ र समीर श्रेष्ठ छन् । समीरले यही फिल्मबाट डेब्यू गरेका हुन् ।
यही फिल्मबाट सदिप्ता अधिकारीले निर्देशनमा डेब्यू गरेकी छन् । हाल यो फिल्मको प्रोस्ट प्रोडक्सनको काम जारी रहेको कार्यक्रममा बताइएको छ ।
शिरो फिल्मस्को ब्यानरमा बनेको यस फिल्मको निर्माता सागर लम्साल हुन् । कार्यकारी निर्माता नायिका आना आफैँ हुन् ।
फिल्म लभस्टोरी जनरामा बनेको निर्माण पक्षले बताएको छ । पोस्टरमा आना विनय र समीरसँग प्रेमिल भावमा प्रस्तुत भएकाले यो फिल्मले त्रिकोणात्मक प्रेम कथा बोकेको अनुमान गर्न सकिन्छ ।













प्रतिक्रिया