पीसीएल नर्सिङ लाइसेन्स परीक्षाको नतिजा कमजोर, जम्मा १७ प्रतिशत उत्तीर्ण  « Khabarhub

पीसीएल नर्सिङ लाइसेन्स परीक्षाको नतिजा कमजोर, जम्मा १७ प्रतिशत उत्तीर्ण 


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङको लाइसेन्स परीक्षाको नतिजा एकदमै कमजोर आएको छ । 

नेपाल नर्सिङ परिषद्ले कात्तिक १६ देखि १८ गते सम्म सञ्चालन गरेको परीक्षामा जम्मा १७ दशमलव ४४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन् । 

परिषद्का  अनुसार पीसीएल नर्सिङको लाइसेन्स परीक्षाका लागि ६४५ जनाले फारम भरेका थिए ।  जस मध्ये  ६०२ जना मात्रै  सहभागी भएका थिए।  परीक्षामा सामेल भएका मध्ये १०५ जना मात्र लाइसेन्स परीक्षा उत्तीर्ण गरेको परिषद्ले जनाएको छ । 

नर्सिङ परिषद्ले गत असारमा लिएको लाइसेन्स परीक्षामा १९ प्रतिशत मात्र उत्तीर्ण भएका थिए । यस्तै बीएस्सी नर्सिङ तर्फ ४५ दशमलव ७१ प्रतिशत उत्तीर्ण भएका छन् । बीएस्सी नर्सिङमा कुल २१० जनाले दिएको परीक्षामा ९६ जना मात्रै पास भएको परिषद्ले जनाएको छ । 

त्यस्तै विशेषज्ञ नर्सको नाम दर्ता परीक्षामा ८९ जना सहभागी भएकोमा ५० जना मात्रै उत्तीर्ण भएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ४ : ३१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५