कमला नदीमा कार्तिक स्नान गर्नको भीड, भूत-प्रेत’ हट्ने विश्वास (तस्बिरहरू) « Khabarhub

कमला नदीमा कार्तिक स्नान गर्नको भीड, भूत-प्रेत’ हट्ने विश्वास (तस्बिरहरू)


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिरहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा कार्तिक पूर्णिमाका अवसरमा आज बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ ।

धार्मिक मान्यताअनुसार कमला नदीमा स्नान गर्दा ‘भूत-प्रेत’ हट्ने विश्वास रहँदै आएको छ । यही विश्वासका कारण विभिन्न जिल्लाका श्रद्धालुहरू नदीमा स्नान गर्न आएका हुन् । 

नदी क्षेत्रको इनर्वा, ब्यारेज, कमला पुल, सिक्रौन, चतरी, बेलहा, बडेर्वा, पटेर्वा, बसबिट्टा र सीमावर्ती भारतको जयनगरसम्म बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको छ ।

प्रत्येक वर्षजस्तै यस वर्ष पनि उदयपुर, सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट तथा भारतको बिहारसम्मका श्रद्धालुहरू कमला स्नानका लागि आएका छन् । 

स्थानीय निकायहरूले मेलाले धार्मिक एकता, सामाजिक सद्भाव र पर्यटन प्रवर्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

 तस्बिर: अमरेन्द्रकुमार यादव / नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ५ : २३ बजे

काठमाडौं महानगरका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले ३६ हजार २८० जना विद्यार्थी, शिक्षक

कांग्रेस सभापति थापाले आज मधेशका चार जिल्लाको चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज मधेस प्रदेशका चार

म्याग्दीको दरखोलामा पुल नबन्दा स्थानीयलाई समस्या

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–३ स्थित दरखोलामा मोटरेबल पुल निर्माण नहुँदा

काठमाडौं उपत्यकामा रास्वपाको घण्टी अभियान (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं

निर्वाचन निष्पक्षताका लागि जिल्ला प्रशासन चितवनको पाँच ‘पी’ सूत्र

चितवन– फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सबै