जब एक दर्शकले केकीलाई रुदै फिल्मको संवाद सुनाए… « Khabarhub

जब एक दर्शकले केकीलाई रुदै फिल्मको संवाद सुनाए…


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका केकी अधिकारी मुख्य भूमिकामा रहेको फिल्म ‘परान’ उच्च अकुपेन्सीका साथ बुधबार छटौं दिनमा प्रदर्शनरत छ ।

विदेशमा रहेकाले प्रिमियरमा समेत उपस्थित नभएकी केकी बुधबारबाट हल भिजिटमा निस्किएकी छन् ।

आज न्युरोडस्थित एक हलमा पुगेर केकीले आफ्ना फिल्मका दर्शकलाई भेटेर प्रत्यक्ष प्रतिक्रिया लिएकी थिइन् । त्यहाँ एक दर्शकको प्रतिक्रियाले माहोल थप भावुक भएको थियो ।

फिल्मको अन्तिममा नायक महेश त्रिपाठीले श्रीमतीको भूमिकामा रहेकी अञ्जना बराइलीलाई भन्छन्, ‘म एक करोड पैसा दिन्छु । हाम्रा बा फर्किन्छन् त ?’

एक दर्शकले भावुक हुँदै केकीलाई भेटेर त्यही संवाद सुनाएका थिए । ती दर्शकले अगाडि भने, ‘ मेरो पनि बुवा हुनुहुन्नँ । बुवा फिर्ता हुनुहुन्छ भने म करोड रुपैयाँ दिन तयार छु ।’

उनले रुदै उक्त संवादले आफूलाई भावुक बनाएको सेयर गरेका थिए ।

उनको प्रतिक्रियाले केकीको समेत आशु थामिन सकेन । उनले पनि आशु पुछिन् ।

त्यसपछि दर्शकसँग माफी माग्दै उनले भनिन्, ‘अन्तिममा फिल्मले झन् भावुक बनाउँछ । तपाईंहरुको भवनालाई अन्तै मोड्न म आएको होइन । माफी चाहान्छु । तर, दर्शकसँग भेट्ने अवसर यो नै हो ।’

त्यसैमा अर्का दर्शकले भन्छन्, ‘अब चाहिँ यस्तो फिल्म नबनाउनू ।’ ती दर्शकको आशय हो– अब यति धेरै रुवाउने फिल्म बननाउनू ।

दर्शकसँगको साक्षात्कारपछि केकीले उपस्थिति सञ्चाकर्मीसँग कुराकानी गरेकी थिइन् । फिल्म हेरेपछि धेरै जसो दर्शक रोएको पाएको उनले बताइन् ।

उनले अगाडि भनिन्, ‘सबै दर्शकको प्रायः एकै प्रतिक्रिया छ । सबैले मन कटक्क पार्‍यो भन्नु भएको छ । नरुने दर्शक प्रायः कम नै हुनुहुन्छ । रुने भनेको भावना व्यक्त गर्नु भयो । तर, दर्शक पनि कथासँगै बगेको हामीले पाएका छौं ।’

सँगै उनले फिल्म बनाउँदा राखेको उद्देश्य पूरा भएको बताइन् । भनिन्, ‘हामीले जुन अपेक्षा राखेर फिल्मको कथावस्तु बनाएका थियौं । हामी टिममा जोडिएका थियौं । आज चाहिँ फिल्मले मूर्तरुप पाए जस्तो महसुस भएको छ ।’

सकारात्क ‘वर्ड अफ माउथ’का कारण यो फिल्मले हलमा दर्शकको उच्च साथ पाएको छ । आज पनि यस फिल्मको अधिकांश शो हाउसफूल छ । बुकिङमा पनि चाप छ ।

बुकिङ उच्च भएपछि निर्देशक दीपक आचार्य काकुले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज फिल्म हेर्न वञ्चित हुनुभएका दर्शकहरुप्रति माफी माग्दै भोलि र पर्सीका लागि आफ्नो सिट सुरक्षित गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।’

यस फिल्मको कथा निर्देशक दीपक नै हुन् । पटकथा र संवाद यम थापाले लेखेका हुन् ।

उद्योगी शेखर गोल्छा र रञ्जित आचार्यको संयुक्त लगानी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले फिल्ममा लगानी गरेको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ६ : २४ बजे

‘लालीबजार’को पक्षमा उच्च अदालतको आदेश, शुक्रबारदेखि हलमा लाग्ने

काठमाडौं– उच्च अदालत पाटनको आदेशपछि विवादित चलचित्र ‘लालीबजार’को प्रदर्शनका लागि

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले निजामती तथा स्वास्थ्य सेवाका कर्मचारीहरूका

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने  

काठमाडौं– नेपाली कांग्रेसले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित

एघार जना सहसचिवको सरुवा

काठमाडौं– सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार

मधेस सरकारबाट जनमत पार्टीको समर्थन फिर्ता

महेन्द्रनगर– जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको